संघ \संस्था

प्रेस क्लब मेचीनगर आठौं बर्षमा प्रवेश, बार्षिक उत्सवको अवसरमा उपचारदेखि पेशागत हकहितसम्मका योजना

झापा, असार ५ । प्रेस क्लब मेचीनगरले आफ्नो बार्षिक उत्सवको अवसर पारेर भेष्ट वितरण गर्ने भएको छ । २०७१ साल असार ४ गते स्थापना भएको क्लबले आफ्नो स्थापनाको आठौं बर्ष प्रवेशको अवसर पारेर सदस्यहरुका लागि प्रेस क्लबको लोगो अंकित टि–सर्ट (भेष्ट) वितरण गर्ने कार्यक्रम तय भएको क्लबका सचिव जीआर धितालले जानकारी दिए । प्रेस क्लबको Read More…

खेलकुद

युरोकप: शुक्रबार भएको तीन खेलको नतिजा यस्तो छ

झापा, असार ५ । जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो  । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा Read More…

स्वास्थ्य

कचनकवलमा सर्पदंश उपचार सेवा सुरु

झापा, असार ४ । झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । उपचार केन्द्रको बिहीबार एक कार्यक्रमका बिच संघीय सांसद राजेन्द्र लिङ्देनले गरेका हुन् । सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसंगै विगत लामो समयदेखि सर्पको डसाइबाट अकालमै ज्यान गुमाउन बाध्य दक्षिणी झापाका बासिन्दाहरु सो समस्याबाट छुटकारा पाउने भएका छन् । एकसाता अघि मात्र कचनकवलमा Read More…

संघ \संस्था स्वास्थ्य

मेची अभियानद्वारा झापाका दुई पालिकालाई पाँचवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान

झापा, असार ४ । आपद् विपदमा परेकाहरुलाई सहयोग गर्ने अभिप्रायले सञ्चालनमा आएको `मेची अभियान´ले शुक्रबार झापाका दुईवटा पालिकालाई पाँचवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको छ । २०७२ सालको भूकम्पका वेला सञ्चालनमा ल्याईएको यो अभियानका परिकल्पनाकार एवम् नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माको विशेष पहलमा करिना फाउण्डेशनद्वारा सहयोग गरिएका यी सामग्री हस्तान्तरण गरिएको छ । कोभिडको Read More…

खेलकुद

ब्राजिल विजयी, पेरु ४-० गोल अन्तरले पराजित

काठमाडौं, असार ४ । कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल विजयी भएको छ । शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे । यस जितसँगै समूह ‘बी’ Read More…

खेलकुद

युरोकप: युक्रेन, बेल्जियम र नेदरल्यान्ड्स विजयी

झापा, असार ४ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा बिहीबार बेलुका तीन खेल भएको छ । जसमा युक्रेन, बेल्जियम र नेदरल्यान्ड्स विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा युक्रेनले म्यासेडोनियालाई २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो । युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरे Read More…

अर्थ

व्यापारीले दैनिक उपभोग्य सामाग्रीमा चर्को मुल्य असुल्दा उपभोक्ता मारमा

झापा असार ३ । निषेधाज्ञाको मौका छोपी व्यापारीहरूले यतिबेला दैनिक उपभोग्य सामाग्रीहरूमा चर्को मुल्य असुल्ने गरेको पाइएको छ । अति आवश्यक दैनिक उपभोग्य सामाग्रीहरूमा व्यापारीले मनपरी तरिकाले तोकेको मुल्य भन्दा बढी रकम असुल्ने गरेपछि त्यसको प्रत्यक्ष मारमा यतिबेला उपभोक्ता परिरहेका छन् । मेचीनगरको अधिकांश किराना पसलेहरूले ग्राहकलाई तोकेको मुल्य भन्दा बढी लिने गरेका छन् । Read More…

खेलकुद

युरोकप: बुधबार भएको खेलमा रसिया, वेल्स र इटाली विजयी

झापा, असार ३ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा बुधबार बेलुका तीन खेल भएको छ । हिजो भएको पहिलो खेलमा रसियाले पहिलो जित निकालेको छ । रसियाले फिनल्यान्डमाथि १-० गोल अन्तरले पराजित गरेको हो । रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए Read More…

समाचार

मेचीनगरमा एक ब्यक्ति मारिएको अवस्थामा फेला

मेचीनगर, असार २ । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर ५ स्थित अधेरीका ४० बर्षिय भिमराज लिङ्देन (अजय) मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा खुट्टामा लगाउने कपडाको क्रायक ब्याण्डिसले घाटीमा बाधेर मारेको अवस्थामा फेेेेला पारेको स्थानियले बताए । अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय Read More…

स्वास्थ्य

वरिष्ठ नेता खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु

काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा तीन दिनदेखि उपचार गराउँदा पनि सुधार नभएपछि थप उपचारका लागि भारत लगिएको हो। अत्याधिक ज्वरोसहित रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।