संघ \संस्था

महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई परिचय पत्र वितरण

मेचीनगर, श्रावण १० । झापाकाे मेचीनगर- ६ स्थित काँकडभिट्टा स्वास्थ्य चाैकीले ३१ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचय पत्र वितरण गरेकाे छ ।

दशकाैदेखि प्रत्येक गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा र परमर्शा प्रदान गर्दै आएपनि उनीहरूसँग आफ्नाे पहिचान खुल्ने परिचय पत्र थिएन् ।

आगनमीदिन उनीहरूमा थप हाैसला र उर्जा मिलाेस भन्दै चाैकीले आफ्नाेक्षेत्रभित्रका ३१ जना महिला स्वास्थ स्वयमसेविकालाई परिचय पत्र प्रदान गरेकाे चाैकी प्रमुख सिनियर अहेव लेखनाथ खतिवडाले जानकारी दिनुभयाे । उहँले परिचय पत्रले काम गर्न थप सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

“दशकाैदेखि नि:स्वार्थ,नि:शुल्क स्वास्थ्य जस्ताे विषयमा मानवीय भावले काममा खटे पनि सामान्य परिचय पत्र विहिन थिए ” चाैकीका अहेव विष्णुप्रसाद घिमिरेले भन्नुभयाे-” अब उहाँहरूले आफ्नाे परिचय दिईरहनु पर्दैन परिचय पत्र नै बाेल्छ ।”

सवैलाई चाैकी प्रमुख खतिवडा र अहेव घिमिरेले दर्जनाै स्वास्थ्यकर्मीहरूकाे उपस्थितिमा परिचय पत्र प्रदान गर्नुभएकाे अनमि विद्या मैनाली शिवाकोटीले बताउनुभयाे ।