झापा, श्रावण ९ । देश र जनताको खातिर आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गरेका झापा मेचीनगरका सानो दुर्गा अधिकारीले नयाँ घर पाएका छन् । दाताले नयाँ घर बनाइदिए पछि विगत लामो समयदेखि डेरागरी बस्दै आएका अधिकारी दम्पती बृद्धअबस्था भएपनि आफ्नै नयाँ घरमा बस्न पाउने भएका हुन् । लोकतान्त्रीक गणतन्त्र प्राप्तीका लागि १७ बर्ष जेल जिवन Read More…
Month: July 2021
झापाबाट स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति पक्राउ
झापा, श्रावण ९ । स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति झापा गाउँपालिकाबाट पक्राउ परेका छन् । आज शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका-४ बेलाईतिबारीमा सोही ठाउँ बस्ने ५० वर्षिय गौरी मण्डललाई भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको चालीस लाख सैतिस हजार छ सय सत्तरी नेपाली रुपैयाँसहित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले Read More…
सुजिता मृत्यु प्रकरण : ठूलो बाको छोरा सुकदेव समातिए
काठमाडौं, श्रावण ८ । पूर्वीचितवनको राप्ती नगरपालिका-३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका-६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले Read More…
सहयोगका लागि टंक तिम्सिना बचाउ अभियान समितिको अपिल
मेचीनगर, श्रावण ८ । दुबै मिर्गाैला खराब भई प्रत्यारोपणको पर्खाइमा रहेका मेचीनगर वडा नम्बर ९ का एक पुरुषको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । मेचीनगर वडा नम्बर ९ फारम टोलका ४८ वर्षीय टंकनाथ तिम्सिनाको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा रहेका तिम्सिनाको विदेशमै रहेका बेला मिर्गौला Read More…
भीम रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता
काठमाडौं, श्रावण ८ । नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका डा.रावलले रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीना Read More…
झापामा जारी निषेधाज्ञा एक साता थप, हट्यो यातायातको जोर बिजोर प्रणाली
झापा, श्रावण ७ । झापामा निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा डिसीसीएमसीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ । अन्य Read More…
अव्यवस्थित हुँदा सामाजिक सुरक्षा भत्ता लिनेको बैंकमा भिड, कोरोना जोखिम झन बढ्यो
मेचीनगर, श्रावण ७ । सामाजिक सुरक्षा भत्ता वितरणले मेचीनगरका अधिकांश बैंकहरूमा भिडभाड बढेको छ । मेचीनगरमा शाखा रहेका नेपाल बैंक, ग्लोबल बैंक, एक्सेल बैंकलगायतमा कोरोना संक्रमणको कुनै पर्वाह नगरी सामाजिक सुरक्षा भत्ता थाप्नेहरूको घुइँचो लागेको छ । वडा सरकारको बेवास्ताका कारण भत्ता पाउने नागरिकहरू कोरोना कहरबिच पनि बैंक धाउन बाध्य छन् । नगरका एक/दुई वटा Read More…
आज ब्राजिल र जर्मनी बिच भिडन्त हुँदै
काठमाडौं, श्रावण ७ । जापानको टोकियोमा हिजोबाट सुरु भएको ओलम्पिक खेलकुद अन्तर्गत आजबाट पुरुष फुटबलका खेल सुरु हुँदैछन् । आज पहिलो दिन एकैदिन विभिन्न ८ खेल हुँदा एक खेलमा उपाधिका दुई दाबेदार टिमहरू ब्राजिल र जर्मनीको रोमाञ्चक भिडन्त पनि हेर्न पाइने छ । समूह ‘डी’मा रहेका यी दुई देशले पहिलो खेलमै एकअर्काको सामना आज गर्न Read More…
पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु: अध्यक्ष ओली
काठमाडौं, श्रावण ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको जनाउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताउनुभएको हो । तर नेता नेपालले बहुमत नभएको Read More…
महिला हिंसा बिरूद्ध प्रशासनलाई ध्यानाकर्षण, मृत महिलाहरूको सम्झनामा दीप प्रज्वलन
ललित बहादुर प्रधान मेचीनगर, श्रावण ७ । झापाको मेचीनगर स्थित काँकरभिट्टा युथले देशमा महिला हिंसा बढेको भन्दै सरकार र प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । देशका विभिन्न स्थानमा भएको जघन्य महिला हिंसाको दोसीलाई प्रहरी प्रशासनले कानुनी दायरामा ल्याएर कार्वाही गर्न नसकेको भन्दै काँकरभिट्टा युथले बुधबार साझ मेचीनगर ६ स्थित काँकरभिट्टामा विरोध र्याली निकालेको छ । महिला Read More…










