काठमाडौं, श्रावण ६ । आज प्रथम जन निर्वाचित प्रधानमन्त्री जननायक बी.पी. कोइरालाको ३९ औं स्मृति दिवश । नेपाली कांग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरी मनाउदै छ । विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका महान नेता, नेपाली कांग्रेसका संस्थापक स्व कोइरालाको स्मृति दिवशमा उहाँ प्रती हार्दिक श्रद्धासुमन । वि.स. १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइरालाको २०३९ साल साउन Read More…
Month: July 2021
आज सार्वजनिक बिदा
काठमाडौँ, श्रावण ६ । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता Read More…
झापामा मोटरसाइकल दुर्घटना एकको मृत्यु , तीन घाइते
झापा, श्रावण ५ । झापाको गौरादहमा गए राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा Read More…
आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै
काठमाडौं, श्रावण ५ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको Read More…
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
झापा, श्रावण ४ । आफ्नी ३४ वर्षीया श्रीमतीको हत्या गरी फरार सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रंगेली नगरपालिका वडा नम्बर-९ सखुवाथान घर भई गौरादह नगरपालिका वडा नम्बर-१ शितल चोक बस्ने ३९ वर्षीय श्रीमान रिख्यासनलाई प्रहरीले श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको हो । उनलाई सोमबार बिहान प्रहरीले मोरङ प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरेको Read More…
राष्ट्रिय युवा सङ्घद्वारा पूर्वीनाकामा वृक्षरोपण
मेचीनगर, श्रावण ४ । हरियो वन नेपालको धन भन्ने नाराका साथ राष्ट्रिय युवा सङ्घले नेपालको पूर्वीनाका स्थित काँकरभिट्टामा वृक्षरोपण गरेको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ मेचीनगर कमिटीले आज एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रजातिका ५ सय बिरुवा रोपेको हो । राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सचिव राजु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा Read More…
माधव पक्षसंगै ओली पक्षका यी ८ पूर्वमन्त्री र सांसद्ले पनि दिए देउवालाई मत (नाम सहित)
काठमाडौं, साउन ४ । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले Read More…
ओलीसँग पार्टी एकताको प्रस्ताव लगेर गल्ती गरेछु : प्रचण्ड
काठमाडौँ, श्रावण ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता प्रस्ताव लगेर आफूले गम्भीर गल्ती गरेको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतवार संसदमा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको हो । ‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका वक्ता (प्रदीप ज्ञवाली) ले अनुभव सुनाउनु Read More…
सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले देउवालाई विश्वासको मत नदिने
काठमाडौं, साउन ३ । नेकपा (एमाले) का सांसदहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । यी चारै जना सांसद माधव नेपालनिकट हुन। माधव नेपालले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । नेकपा (एमाले) ले संस्थागत रुपमा निर्णय गरेर प्रधानमन्त्री देउवालाई विश्वासको Read More…
एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा
काठमाडौं, श्रावण ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । सांसद् पदबाट राजीनामा दिन संसद सचिवालयमा आएका उनलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरुले रोक पनि नयाँ बानेश्वरस्थित संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने उनले तयारी गरेको बताए । पार्टी एकता गर्नका लागि १० बुँदे सहमतिमा ओली समूहबाट Read More…










