काठमाडौं, असार २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा Read More…
Month: July 2021
पराजुलीको हत्यामा संलग्न पक्राउ
नरेन इलामेलीइलाम, असार २९ । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यारत कार्यालय सहयोगी विमला देवी निरौला पराजुलीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं. २ तोदी स्थायी ठेगाना भई इलाम नगरपालिका वडा नं. ७ मा डेरा गरि बस्ने बर्ष ४८ कि बिमला देवी निरौला पराजुलीको हत्या अभियोगमा Read More…
भानु पत्रकारिता पुरस्कारबाट प्रधान सम्पादक पौडेल पुरस्कृत
मेचीनगर, असार २९ । जन-संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेल पुरस्कृत भएका छन् । भानुभक्त आचार्यको २०८ औं जन्मजनयन्तीको अवसरमा काँकरभिट्टामा मंगलबार आयोजित एक कार्यक्रमका बीच पत्रकार मुक्ति पौडेललाई भानु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । भानु साहित्यक प्रतिष्ठानले आचार्यको जन्मजयन्तीको अवसरमा पत्रकार पौडेललाई पत्रकारिताको क्षेत्रमा लामो समय काम गर्दै नेपाली साहित्य र समाजलाई पुर्याएको Read More…
एसईईको नतिजा साउन अन्तिममा आउने
काठमाडौं, असार २९ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र Read More…
सुजता मृत्युप्रकरण: दोषीलाई यथाशीघ्र कार्वाही गर्न मेचीनगरका युवाको सरकारसँग माग (तस्बिर सहित)
ललित बहादुर प्रधान मेचीनगर, असार २८ । पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजता भण्डारीको रहस्यमय मृत्युको बिरोधमा मेचीनगरका युवाले बिरोधमा प्रदर्शन गरेका छन् । मेचीनगरका युवाले सोमबार साझ मेचीनगर ७ स्थित ईटाभट्टा चोकमा शान्तिपूर्ण बिरोध र्यालि तथा द्विप प्रज्वलन गर्दै घटनाको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् । Read More…
सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिए
झापा, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिएका छन् । सर्वाेच्च अदालतको फैसला असंवैधानिक भन्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा विर्तामोड स्थित मुक्ति चोकमा ठुलो संख्यामा भेला भएर विरोधमा उत्रिएका Read More…
सर्वाेच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर
काठमाडौं, असार २८ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा (संसद) विघटनलाइ बदर घाेषित गर्दै पुनर्स्थापनाकाे पक्षमा फैसला गरेकाे छ । प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरूको पक्षमा फैसला सुनाउँदै संसद पुनर्स्थापना गरेकाे हाे । इजलासले रिट निवेदकको मागबमाेजिम नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समेत परमादेश जारी गरेको छ । इजलासले रिट निवेदक Read More…
बिर्तामोडमा अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला
झापा, असार २८ । झापाको बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको Read More…
युरोकप: इंग्ल्यान्डलाई पराजित गर्दै इटाली च्याम्पियन
काठमाडौं, असार २८ । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा टाइब्रेकरमा इंग्ल्यान्डलाई ३-२ गोलले पराजित गर्दै इटालीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा Read More…
अर्जुनधाराद्वारा दीर्घ साहित्य सेवा र दीर्घ खेलकूद सेवा पुरस्कार वितरण
अर्जुनधारा, असार २७ । अर्जुनधारा नगरपालिकाले दीर्घ साहित्य सेवा पुरस्कार र दीर्घ खेलकूद सेवा पुरस्कार वितरण गरेको छ । नगरको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समिति र नगर खेलकूद विकास समितिले संयुक्त रुपमा आइतवार अर्जुनधारामा पुरस्कार वितरण गरेको हो । दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार सरोज ओली पुरस्कृत भएका छन् । उनलाई नगद ५१ हजार Read More…










