बाहुण्डाँगी भदौ ८ । बलभद्र आधारभूत विद्यालयको आर्थिक वर्ष २०७७÷०७८ को सामाजिक लेखा परिश्रण सार्वजनिक गरिएको छ ।
सोमवार विद्यालयमा आयोजित अभिभावक भेलाबाट ४४ लाख २६ हजार १ सय ७७ दशमलम ८ रुपैयाँ बराबरको आय व्यय सहित लेखा परिश्रण सार्वजनिक गरिएको हो । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद चापागाईले उक्त आय व्यय सार्वजनिक गर्नु भएको हो ।

यसैगरी सोही अभिभावक भेलामा किरात राई विद्यार्थी संघले प्रदान गरेको शैक्षिक सामाग्री र मेचीनगरपालिकाबाट प्राप्त भएको ४० थान झोला विद्यार्थीलाई वितरण गरिएको थियो । किरात राई विद्यार्थी संघ झापाको २३ औँ स्थापना दिवसको अवसर पारेर स्थानीय युवा अर्पण मगरको समन्वयमा किरात राई विद्यार्थी संघका जिल्ला सचिव केनिज दुमी राईले विद्यालयलाई २६ हजार मुल्य बराबरको कपी, छात्राहरुका लागि सेनीटरी प्याड र फ्रस्टटेड बक्स प्रदान गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्व तथा वडा सदस्य रिता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष चन्द्र दास, किरात राई विद्यार्थी संघका जिल्ला सचिव केनिज दुमी राई, बहुवन सामुदायिक वनका उपाध्यक्ष अजय शंकर, पूर्व विद्यार्थी अर्पण मगरलगायतले बोलेका थिए । कार्यक्रममा बहुवन सामुदायिक वनका अध्यक्ष भुवन थापा, विद्यालयका पूर्व अधयक्ष राजेन्द्रकुमार थापालगायतको सहभागिता रहेको थियो । शिक्षक देबु बानियाँले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक निरज पोखरेलले गरेका थिए ।
सोही भेलामा कोभिडका कारण विद्यालय खुल्न नसकिरहेको अवस्थामा विद्यार्थीहरुलाई कसरी शैक्षिक गुणस्तर कसरी अघि बढाउने भन्ने विषयमा गहन छलफल समेत गरिएको थियो । अभिभावकहरुले टोल टोलमा सिमिति विद्यार्थी र स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीलाई पढाउन सक्ने सुझाव दिएका थिए ।

