साहित्य

कविता: कठै मेराे देश !!

कठै मेराे देश !! कठै मेराे देश !!
चन्द्रमामा कपास राेपिसके
मङ्गल ग्रहमा सेल्फि खिचिसके
मेराे देशले गाउँमा बाटाे पुर्याउन सकेन ।
कठै मेराे देश !

नारिले इज्जत लुटिन्दा न्याय नपाउने
किसानले धान लगाउँदा मल नपाउने
पानिकाे दाेस्राे ठुलाे मुलुक हरे
पिउनकाे लागि समेत सफा पानी नपाउने ।
कठै मेराे देश !

के कमि छ मेराे देशमा ?
के कमि छ मेराे देशमा ?
श्यालहरु सबै सिहं काे भेषमा
उनिहरु रहुन्जेल केही हुनेवाला छैन मेराे देशमा ।
कठै मेराे देश !

धेरै साेचेर टाउकाे नकन्याउँ
आउनुस् सबै मिलेर देश बनाउँ
कठै बाट गर्व गर्ने बनाउँ
कठै बाट गर्व गर्ने बनाउँ ।।

भवेश दाहाल, मेचीनगर ६ काँकरभिट्टा, झापा