अर्थ

जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको नेतृत्व हस्तान्तरण, अध्यक्षमा न्यौपाने

झापा, भदौ ७ । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको औपाचरिक रुपमा नेतृत्व हस्ताण्तरण भएको छ । नवनिर्वाचित नेतृत्वलाईको सपथग्रहण संगै आज पद हस्तान्तरण भएको हो । गत माघ महिनामा नै सर्वसम्मत नयाँ नेतृत्वको चयन भएको थियो । एकदशक नेतृत्व गरेका अध्यक्ष घनश्याम अधिकारीले आजदेखि तुलाराम न्यौपानेलाई पद हस्तान्तरण गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा Read More…

संघ \संस्था

पटन प्राणीको अध्यक्षमा फेरि धनबहादुर

मेचीनगर, भदौ ७ । मेचीनगर–८ स्थित पटन प्राणी कल्याण बौद्ध विहार गुम्बाको तेस्रो वार्षिक अधिवेशनबाट धनबहादुर राना मगर पुनः अध्यक्षमा चयन भएका छन् । आज गुम्बा परिसरमा भएको अधिवेशनबाट उपाध्यक्षमा कमला खपुतरी मगर, सचिवमा ओम थापा मगर, सहसचिवमा जुनु रजान मगर र कोषाध्यक्षमा मनु मगर तामाङ चयन भएका छन् । समितिको सदस्यमा विष्णु राई, तारा खड्का, Read More…

अर्थ स्वास्थ्य

आर्थिक अभावले विष्णुमायाकाे उपचारमा समस्या; देउराली फाउन्डेसनले गर्यो सहयोग

झापा, भदौ ७ । झापाको मेचीनगर -८ सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरकाे उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूकाे साझा संस्था देउराली फाउन्डेसनले नगद रू ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । फाउन्डेसनकाे तर्फबाट पत्रकार भिम घिमिरे र गाेपाल बराइलिले उक्त अार्थिक सहयोग विष्णुमायकाे घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष Read More…

स्वास्थ्य

बिर्तामोड खोप प्रकरणमा त्रुटि गराउनेलाई कारबाही सिफारिस

झापा, भदौ ७ । बिर्तामोड खोप प्रकरणमा आरोपित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खोम खड्काले सफाइ पाएका छन् । खोप प्रकरणको छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन आज सार्वजनिक गरेपछि त्यस्तो निश्कर्ष निस्किएको हो । छानबिन समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको हो । छानविन समितिको प्रतिवेदनमा खोप अनियमितताका लागि होटलमा नपुराइएको निश्कर्ष निकाल्दै तर Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, भदौ ७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएअनुसार राति १२ बजेपछि डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । पेट्रोलियम पदार्थका Read More…

समाचार

झापामा एकै परिवारका तीनजना मृत फेला

झापा, भदौ ७ । झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । नानीलाई आमाले छातीमा टाँसेर Read More…

स्वास्थ्य

हलेसीमा थप सेवा विस्तार

धुलावारी, भदौ ६। हलेसी मेडिकल हल एण्ड क्लिनिक धुलावारीले आइतवारदेखि डिजिटल एक्सरे मेसिन राखेर सेवा थप विस्तार गरेको छ । हातखुट्टा भाँचिएको तथा छातीका बिरामीलाई लक्षित गरेर हलेसीले थप सेवा विस्तार गरेको सञ्चालक सोम ओझाले बताए । उनका अनुसार पहिलो दिन उक्त सेवा लिन आउनेका लागि २० प्रतिशत छुट दिइएको छ । दैनिक चौविस घण्टे Read More…

धर्म संस्कृती

आज जनैपूर्णिमा र रक्षाबन्धन मनाइँदै : यस्तो छ यसको धार्मिक महत्त्व !

काठमाडौं, भदौ ६ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा Read More…

राजनीति

रेग्मी नेतृत्वको एमाले माधबकुमार नेतृत्वको “एकीकृत समाजवादी” मा समाहित

झापा, भदौ ५ । बेदराज रेग्मी नेतृत्वमा गठन भएको नेकपा एमाले झापाको समानन्तर कमिटि माधबकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । शनिबार विर्तामोडमा बसेको समानन्तर एमाले जिल्ला कमिटिको बैठकले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । केपी शर्मा ओलीले एकताको आधार समाप्त पारेको र उनको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न Read More…

कला मनोरञ्जन स्वास्थ्य

कोरोना संक्रमणका कारण लोकप्रिय कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, भदौ ५ । लोकप्रिय कलाकार शम्भुराज थापाको निधन भएको छ । उहाँको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । उनको मृत्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् । कलाकार वान्तावाले थापाको मृत्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख व्यक्त गरेका छन् । कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा कोरोना Read More…