झापा, भदौ २५ । गत वैशाख ३ गते माधव नेपालको उपस्थितिमा गठन भएको ३५१ सदस्यीय नेकपा एमाले जिल्ला समानान्तर कमिटी झापा नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको छ । पार्टीको प्रथम जिल्ला भेलाबाट नेकपा एमाले जिल्ला समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण गर्ने, सचिवालय गठन र १५ वटै स्थानीय तहमा १० दिन भित्र पार्टीका Read More…
Day: September 10, 2021
एमसीसी विरुद्ध झापामा विरोध प्रर्दशन
झापा, भदौ २५ । नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले झापामा राष्ट्रघाति अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध बृहत् विरोध प्रर्दशन गरेकाे छ । ‘विप्लव’ नेतृत्वको नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार नेकपा जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाति एमसीसी सम्झौताविरुद्ध विरोध प्रर्दशन गरेकाे हो । नेपाल विद्युत प्राधिकरण अगाडी भेला भएका नेकपाका कार्यकर्ताहरुले Read More…
कोरोना कहर: साढे चार महिनापछि खुल्यो पशुपतिनाथको मूल मन्दिर
काठमाडौं, भदौ २५ । पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ। कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले Read More…
तीजको बेला आफ्नै घरबाट खसेर मेचीनगरमा एक पुरूषको मृत्यु
मेचीनगर, भदौ २५ । तीजको बेला आफ्नै घरबाट खसेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगी बस्ने अन्दाजी ४० वर्षीय दिलिप चेम्जोङ्ग रहेका छन् । बिहीबार साँझ आफ्नै घरको दोश्रो तल्लाबाट खसेर गम्भीर घाइते भएका चेम्जोङ्गलाई बिर्तामोडको बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवा नेता पनेरुद्वारा कांग्रेस मेचीनगर सभापतिमा उम्मेद्वारी घोषणा
मेचीनगर, भदौ २५ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच गाउँ नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ । झापाका युवा नेता सुवेशकुमार पनेरुले नेपाली कांग्रेसको मेचीनगर सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । काँग्रेसका जिल्ला सदस्य पनेरुले कुरा गर्दै मेचीनगरमा सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका Read More…





