कला मनोरञ्जन

झापा मेचीनगरकी रोशा फुँयाल सारेगम लिटिल च्यापियनको उत्कृष्ट पन्द्रमा

झापा । रोशा फुँयाल सिंगिन रियलिटी सो सारेगम लिटिल च्यापियनको उत्कृष्ट पन्द्रमा पर्न सफल भएकी छिन् । झापा मेचीनगरकी रोशा सहभागीलाई कडा चुनौती दिदै आफ्नो सुमधुर स्वरले उत्कृष्ट प्रस्तुती दिदै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेकी छिन् ।

मेचीनगर–८ स्थित सेन्टरी टोलकी रोशा छ बर्षको उमेरदेखि नै गीतसंगितमा रुचि राख्दै आफ्नो भबिष्य कलाकारीता खोजिरहेकी छिन् । स्थानीय स्तरमा उदयमान गायीकाको रुपमा आफ्नो छुट्टै पहिचान समेत बनाइसकेकी रोशा सारेगम लिटिल च्यापियनमा पनि उपाधि जित्ने प्रवल सम्भावना भएकी प्रतिस्षर्धी हुन् । उनको प्रस्तुती निर्णायक मण्डलले खुलेरै प्रशंषा गरिरहेका छन् । यता दर्शक श्रोताले पनि रोशाको जादुमय अवाजको खुलेर नै प्रशंषा गरिरहेका छन् ।

रोशाले यसअघि आफु सहभागी विभिन्न प्रतियोगितामा प्रथम स्थिान हासिल गरिसकेकी छिन् । उनी मेचीनगरमा प्याप्सनले आयोजना गरेको सांस्कृतिक प्रतियोगितामा ात्रै पनि तीनपटक प्रथम भइन । झापामा नै प्याप्सनकै आयोजनामा भएको सांस्कृतिक प्रतियोगितामा लगातार तीनपटक ट्प भइन ।

दस बर्सको उमेरमा आफ्नै आवाजमा मेरो बाटो मै खन्छु बोलको गीत सार्वजनिक गरेकी रोशा संगीतमा नै रमाउने योजना रहेको बताउछिन् । नेपालको सफल गायिका बन्ने सपना रहेको बताउदै रोशा भन्छीन् अब सबै नेपालीले धेरै भन्दा धेरै भोट दिएर बिभिन्न चरण पार गरोदै उपाधि जिताउन मदत गरिदिन पनि आग्रह गरेकी छिन् ।