झापा । विभिन्न समयमा नेपालबाट भारत पुगेर समस्यामा परेका ४ बर्षिय एक बालकसहित ४ जना किशोर–किशोरीलाई उद्धार गरि नेपाल ल्याईएको छ । उनीहरुलाई शुक्रबार नेपालको पूर्वी नाका काँकरभिट्टाबाट नेपाल ल्याईएको हो ।
भारतका विभिन्न स्थानमा रहेर महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था शहीद बन्दना बालिका स्मृति आवस कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ बंगाल सिलीगढीले भारतको कुचविहार, शिलीगुडी दार्जिलिङ्गलगायतका स्थानबाट उद्घार गरी नेपाली महावाणिज्यदुताबास कोलकातालाई जिम्मा लगाएको थियो । उद्धार गरिएकोमा ३ बर्ष अघिदेखि ३ महिना सम्म हराएका छन् ।
उनीहरुलाई विश्व सेवा विस्तार संस्था मेचीनगरको समन्वयमा नेपाल ल्याएर बालबालिकालाई शुक्रबार नै आफन्तको जिम्मा लगाएको छ । हराएका आफ्ना सन्तान भेटाएर घर संगै लान पाउदा आफुहरुलाई खुशि लागेको एक अभिभावकले जनाए ।
भारतमा जब नेपाली बालबालिकाहरु रहेको आफुहरुलाई थाहा हुन्छ उनीहरुलाई आवश्यक प्रक्रिया पुर्याएर नेपाल फिर्काउने कार्य गर्दै आएको नेपाली महावाणिज्यदुताबास कोलकाताका महाबाणिज्यदुत इश्वरराज पौडेलले बताए । उनले भने दुःखमा परेका नेपाली बालबालिकालाई उद्धार गरि सहज तरिकाले नेपाल पुर्याएर अभिभावकको जिम्मा लगाउने गरेको बताए ।
उद्धार गरिएर नेपाल ल्याएएकोमा उदयपुरका ४ बर्षिय बालक, काठमाण्डौंकी १६ बर्षिय किशोरी, सिन्धुलीका १४ बर्षिय किशोर र मोरङकी १५ बर्षिय किशोरी रहेकी विश्व सेवा विस्तार संस्था काँकरभिट्टाकी प्रमुख प्रमिला दुरालले जानकारी दिइन् । उद्धार गरिएका चारै जनालाई आवश्यक प्रक्रिया पुरा गरेर अभिभावकको जिम्मा लगाएको बताइनन् ।