राजनीति

“सधै समाज र राजनीतिका लागि काम गर्नेछु–” शोभा श्रेष्ठ

मेचीनगर १० धुलावारी निवासी शोभा श्रेष्ठ मेचीनगरबासीका लागि नौलो नाम होइन । मेचीनगरमा रहेर पाटी तथा संघ सस्थाको विभिन्न पदमा जिम्मेवारी बहन गर्नु भएकी श्रेष्ठ, पुर्व अध्यक्ष मेचिनगर लेडि जेसीज, नेपाल उद्योग वाणिज्य महासङ्ग प्रदेश न –१ को महिला उधम बिकाश को पुर्व सदस्य सचिव– त्रिफला राष्टिय पुस्तकालय
सचिव –जग्गा दाता बृद्द आस्रम जस्ता सामाजिक संघ संस्थामा काम गरिसक्नु भएको छ ।
श्रेष्ठ नेम्बाङको पारिवारिक पृष्ठभूमि नै राजनीतिक थियो । बाहुनडाँडा ९हालको बाहुण्डाँगी ० बहादुरगन्ज निवासि उनका बाबू हरिकुमार श्रेष्ठ नेपाली कांग्रेस पार्टीमा ०३६ सालको जनमत संग्रहताका देखि नै सक्रिय थिए । ०४६को परिवर्तनपछि श्रेष्ठले बाहुनडाँगी गाबिसमा पटकपटक चुनाव लडे । सो परिवारमा जन्मि हुर्केबढेका शोभालाई राजनीतिलाई नजिकबाट बुझ्ने अवसर मिल्यो । तेस्तै उनको बिबाह पनि राजनीतिक परिवारमा नै भयो ।

झापा धुलाबारी निवासी खडगबहादुर नेम्बाङ ९डवल सुब्बा०का नाति अर्जुनबिक्रम नेम्बाङसंग विवाह भयो । उक्त नेम्बाङ परिवार कांग्रेस पार्टीको पर्यायको रुपमा चिनिन्थ्यो । २००७ को क्रान्ति, जेलनेल, प्रवासमा संलग्न उक्त नेम्बाङ परिवारमा नरबहादुर नेम्बाङ, भुबिक्रम नेम्बाङ, कृष्णबिक्रम नेम्बाङ, नरेन्द्रबिक्रम नेम्बाङ, दिब्यबिक्रम नेम्बाङ, अमर नेम्बाङ लिम्बुको विशेष योगदान छ । सोहि परिवारिक बिरासतका रुपमा सोभा श्रेष्ठ नेम्बाङ आइपुगेका छन भन्न सकिन्छ सोहि प्रभावको कारण २०६४ साल देखि नै पार्टिमा कृयाशिल सदस्य रहेर पार्टी प्रतिको आफ्नो जिम्वेबारि गत अगिल्लो स्थानिय र सान्सदिय चुनावमा समेत देखाई सक्नु भएकि नेतृ श्रेष्ठ पछिल्लो समय आफ्नो श्रीमानलाई आफ्नो शरिरको कलेजो दिएर पुर्नजन्म दिएको कुराले उहाँको महान्ता अनि आफ्नो परिवारप्रतिको जिम्मेवारीलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको छ ।
पाटीको प्रशिश्रण विभाग, उद्योग संघ प्रदेश तथा मेचीनगर लेडी जेसीजको महत्वपूर्ण पदमा रहेर कुशल जिम्मेवाी पुरा गर्नु भएकी आदणीय शोभ श्रेष्ठसँग गरिएको कुारकानी प्रस्तुत छ ।
तपाईको उम्मेदवारी किन रु र तपाईलाई भोट किन रु
१। म जन्मेको घर पनि कंग्रेस पार्टी सम्बद्ध नै थियो त्यहाँबाट राजनीतिलाई बुझ्ने अवसर पाए । बिबाह नेम्बाङ परिवारमा भएपछि त अझ कंग्रेस राजनीतिलाई नजिकैबाट बुझ्ने अवसर मिल्यो यश अर्थमा पनि मैले यसचोटि महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिने निधो गरे ।

२० देश,राजनीति भित्र पनि धेरै बिकृति बिसंगतिहरु छन, यसको बिरुद्धमा हाम्रो पुस्ताले संघर्ष गर्न जरुरी भएकोले मैले उमेद्वारी बन्ने निधो गरे ।

३। नेपालमा भर्खरै लोकतान्त्रिक सम्बिधान बनेकोले यसको रक्षा गर्न जरुरी छ भन्ने मलाई लागेको छ र महिला, अल्पसंख्यक, दलित, पिछडिएको बर्ग क्षेत्रलाई सशक्तीकरण गर्न जरुरी भएकोले उनीहरुको आवाजलाई लोकतन्त्रिक मुलधारमा समाहित गर्न पर्छ र जरुरि नि छ भन्ने लागेको ले ।

४० बिपि कोइरालाको समाजवादी राष्ट्र नेपाल निर्माण अभियानमा सक्रियताका साथ काम गर्न जरुरी छ र पार्टी संगठन सुदृढ, सबल, सक्षम, शशक्त बनाउन मेरो अहम भुमिका रहने छ्।

५०अग्रजलाई यथोचित सम्मान र युवालाई संगठित गराई आगामी दिनमा पार्टिमा महिलाहरुको विशेष नेतृत्वदायी भूमिकाको सुनिश्चितताको लागि विशेष सहभागिता पुर्ण पहल गर्ने प्रतिबद्धता गर्दै काङ्ग्रेस पार्टिमा महिला सहभागितालाई अँझ सशक्त रूपमा अगाडÞि बढ़ाई पार्टीलाई हरेक क्षेत्रमा सबै दृष्टिकोणले बलियो बनाउन मेरो विशेष योगदान रहने प्रतिबद्धता गर्दछु ।

६०प्रशिक्षणको माध्यमबाट पार्टी प्रतिको जिम्मेवारीलाई अँझ नजिकबाट सरल र सहज रूपले बुझाउन मेरो अहम् भूमिका रहने प्रतिबद्धता गर्दछु ।