मेचिनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर २ स्थित बौद्धमोडमा रहेको श्री बौद्धमोड ईग्लिस बोडिङ्ग स्कूलको भवन शिलान्यास गरिएको छ ।

विद्यालय भवनको एक कार्यक्रमका बिच मेचीनगर वाड नम्बर २ को हेल्थ पोष्टको जग्गा दाता समेन रहेका समाजसेवी तपन निरौलाले गरेका हुन् ।
समाजसेवी निरौलाले आफ्नो ४७ औं जन्म उत्सवको अवसर पारेर आज उक्त विद्यालयको भवन शिलन्यास गरेको विद्यालय प्रशासनले जनाएको छ ।
हाल कक्ष –६ सम्म सञ्चालन हुँदै आएको विद्यालयलाई क्रमश कक्षा बृद्घि गर्दै उच्च शिक्षा सम्मको पठन –पाठन सोही विद्यालयबाट गराउँने दीर्घकालिन लक्षको साथ विद्यालयले आफ्नै भवन निर्माण सुरु गरेको विद्यालयकी प्रिन्सिपल टिकाराई भवनाले बताईन ।

