बाहुण्डाँगी । बुटवल लेडी जेसीज २०२२ को नेतृत्व लिने अवसर अनुपमा श्रेष्ठले प्राप्त गर्नु भएको छ ।
शनिवार सम्पन्न शाखाको २५ औँ शाखा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गर्दै २०२२ का लागि नेतृत्व प्रदान गरिएको हो । २०२० की सफल महासचिव श्रेष्ठ २०२१ मा कानुनी सल्लाहकारमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । सरल, शालिन, हसिलि र मिलनसार स्वभावकी श्रेष्ठ बुटवलकी व्यवसायी समेत हुन् । देशभरका जेसीज अभियानताहरुसँगको सहकार्य र आफ्नो शाखाप्रतिको जिम्मेवारी नै श्रेष्ठका लागि नेतृत्व लिने दर्बिलो माध्यम बनेको हो ।

जेसीज वर्ष २०२२ को निवर्तमान अध्यक्षमा शर्मिला राना ,कार्यकारीणी उपाध्यक्षमा प्रभा गौतम र वेदना पाण्डे कानुनी सल्लाहकारमा कमला लम्साल ,महासचिव संगीता ढकाल,कोषाध्यक्षमा बसन्ता घिमिरे,उपाध्यक्षमा पुनम पन्त,सोनम पाठक,नुमकली राहदी,साबित्रा जिसी,सहसचिबमा सपना ज्ञवाली र सहकोषाध्यक्षमा शुस्मा घिमिरे चयन भएका छन् ।
अधिवेशन शाखाकी २०२१ की शाखा अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको उल्लेखिय सहभागिता रहेको थियो ।


