मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा रहेको एक विद्यालयका विद्यार्थीलाई ब्याग र न्यानो कपडा वितरण गरिएको छ।
मेचीनगर–८ वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय मेची आधारभुत विद्यालयमा अध्यायनरत ५८ जना बालबालिकालाई किताब, कापी र पेन्सील राख्न ब्याग तथा चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।

बुधबार विद्यालय परिसरमा एक कार्यक्रमका बीच चिसो बढ्दै गएपछि बालबालिकालाई चिसोबाट बच्नका लागि न्यानो कपडा तथा किताब, कापी र पेन्सील राख्न ब्याग वितरण गरिएको वडासदस्य सन्तोष मेचेले बताए।
कार्यक्रममा वडा अध्यक्ष विकेन्द्र धिमाल, वडासदस्यहरु सन्तोष मेचे र खिला मेचेर बिष्णु बराइली, विद्यालय व्यवस्थापन सिितका अध्यक्ष गोविन्द लम्साललगायतको आतिथ्यता रहेको थियो ।
