राजनीति

माओवादी केन्द्रको आठौँ महाधिवेशनः बन्दसत्र अबको केहि बेरमा सुरु हुँदै

काठमाडौँ। आइतबार काठमाडौंमा उद्घाटन भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ११ बजे सुरु हुँदै छ ।

अर्थमन्त्री रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।