बाहुण्डाँगी । कोहलपुर जेसिजको बर्ष २०२०को अध्यक्षमा ईश्वर शर्मा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
जेसिजको १३औं बार्षिक साधारण सभा तथा १२औं शाखा अधिबेसनबाट ईश्वर शर्माको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ । जसको कार्यकारी उपाध्यक्षमा ईश्वर सुवेदी र दिपेन्द्र कठायत ,उपाध्यक्षमा उपेन्द्र बिष्ट,टीका शाही ,रबिन गौतम ,नवीन रेग्मी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका का मेयर लुट वहादुर रावतले युवाहरु भनेको देशका गहना भएकोले सवै यूवाहरु सहि मार्गमा अगाडि वढाउन जेसिजले भुमिका खेल्ने विश्वस व्यक्त गरे । कोहलपुरमा विभिन्न समाजिक कार्यमा स्थानिय सरकारलाई सहयोग गर्दै आएको र आगमी दिनमा पनि गर्ने अपिक्षा राख्यको वताए । कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका वडा नं। ५ का वडा अध्यक्ष विष्णु तिवारीले कोहलपुर जेसिजलाई कोहलपुर बासीले समाज परिर्वतनमा लाग्ने विश्वास गरेको वताए । जेसिजले समाजमा यूवा युवतिहरुलाई नेतृत्व विकास र लगनसिल वनाउने विभिन्न तालिमहरु दिदै आएकोमा खुसी व्यक्त गरे । समाज परिर्वतनको लागी कोहलपुर जेसिज लाग्नु पर्ने वताए । कोहलपुर जेसिजले कोहलपुर नगर प्रमुख लुट वहादुर रावत र वडा नं। ५का वडा अध्इक्ष तिवारीलाई वर्ष मानार्थ सदस्य समेत प्रदान गरेको छ । कार्यक्रमको अध्यक्षता कोहलपुर जेसिजका अध्यक्ष राम प्रसाद पाण्डेले गरेका थिए ।
