संघ \संस्था

भीरकोट जेसीजको अध्यक्षमा कृष्णप्रसाद अधिकारी

बाहुण्डाँगी । भीरकोट जेसीज २०२२ को अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।
शाखाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्पवत वि.नर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा शिव खनाल र सृजना गौतम, उपाध्यक्षहरुमा रुद्र ढुङ्गाना, विमला रेग्मी, रिवन विक र ज्योति थापा निर्वाचित हुनु भएको छ ।
यसैगरी नवनिर्वाचित अध्यक्ष अधिकारीले महासचिवमा सुन्दर कोइराला, कोषाध्यक्षमा विजय गुरुङ र अध्यक्षीय सल्लाहकारमा शुलि खाँडलाई मनोनित गर्नु भएको छ ।


यस शाखाले कोभिड महामारीका बेलमा राष्ट्रिय स्तरमै उल्लेखनिय कार्य गरे बापत नेपाल जेसीजबाट राष्ट्रिय अवार्ड तथा पटक पटक क्षेत्रीय अवार्ड प्राप्त गरेको थियो । कार्यक्रममा पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल निवर्तमान अध्यक्ष मीना खाँडले बोल्नु भएको थियो ।


शाखाका वर्तमान अध्यक्ष प्रशुन्न थापा मगरको सभापतित्व तथा नेपाली कांग्रेस भीरकोट नगरपालिकाका सभापति तथा मातृ शाखा वालिङ जेसीजका पूर्व अध्यक्ष यामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन कृष्ण पौडेल र स्वागत भरत खड्काले गुर्न भएको थियो ।