काँकरभिट्टा । मेचीनगर स्तरीय नृत्य प्रतियोगितामा धुलावारीको होलिबेल अंग्रेजी स्कुलले प्रथम स्थान हासिल गरेको छ । काँकरभिट्टा क्याम्पसको २३ औँ बार्षिकोत्सव समारोहमा आयोजित प्रतियोगितामा होलिबेलले उपाधी जितेको हो । जितसँगै होलिबेलले नगद १० हजार टफ्री र प्रमाणपत्र प्राप्त गरेको छ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको होलिबेलले झापाका विभिन्न क्षेत्रबाट विभिन्न विधामा उपाधी जितिसकेको छ । यसैगरी प्रतियोगितामा काँकरभिट्टा मावि दोस्रो र धुलावारी मावि तेस्रो भएका क्याम्पसका प्रध्यापक दुर्गा लुइँटेलले बताउनु भयो । उनीहरुले क्रमश ७ हजार ५ सय र ५ हजार प्राप्त गरेका छन् ।

मंगलवार भएको मेचीनगर स्तरीय वक्तित्वकला प्रतियोगितामा होलिबेलका सेबिस निरौलाले दोस्रो स्थान हासिल गरेका थिए । विद्यालयका निर्देशक अभिशेषक श्रेष्ठले विजेता विद्याथीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भयो । उहाँले विद्यार्थीहरुको आन्तरिक क्षमतालाई प्रस्फुटन गर्न हामी सधैँ तल्लिन रहने समेत बताउनु भयो ।
