मेचीनगर । बहुबन सामुदायिक बन उपभोक्ता समुहको ३३ औं बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । बन कार्यलय परिसरमा भएको साधारणसभाको उद्घाटन मेचीनगर २ का वडा अध्यक्ष तिलक न्यौपानेले गरेका थिए ।
उत्त समारोहमा मेचीनगर ३ का ३ वटा स्कुलका ६ जना बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गरिएको थियो । जसमा बलभद्र आधारभुत, नवज्योती आधारभुत र गौतम बुद्ध प्राबिका बिद्यार्थीलाई जनही २ हजार ५ सयका दरले पुरस्कृत गरिएको थियो ।

सस्थाका अध्यक्ष भुवनबिक्रम थापाले सस्थाको प्रतिबेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष इन्द्र कुमार ठाढाले कोषाध्यक्षको प्रतिबेदन पेस गरेका थिए ।
सस्थाका अध्यक्ष भुवनबिक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथी डिबिजन जिल्ला बन कार्यालयका बन अधिकृत राजकुमार खत्री, सहायक वन अधिकृत राजन राइ, जिल्ला बन महासङघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी, साथापक अध्यक्ष यामप्रसाद दहाल, निवर्तमान अध्यक्ष भानु भक्त थापा पुर्व अध्यक्ष चन्द्र दास, युवराज कट्टेल, धनबहादुर थापा मगर, धनबहादुर सारु, वडा सदस्य रिता थापा, बलभद्र आधारभुत स्कुलका अध्यक्ष राम बहादुर थापा, समाजसेबी मेघेन्द्र थापा, नव ज्योती स्कुलका शिक्षक धनराज भण्डारी, कर्ण बहादुर बिक, दिपेश दासलगायतको सहभागिता रहेको थियो ।
समुहका उपाध्यक्ष अजय सखरले स्वगत गरेको कार्यक्रमको सन्चालन श्याम पुलामीले गरेका थिए ।