संघ \संस्था

कपिलवस्तु जेसीजको अध्यक्षमा गुरुदेव पौडेल निर्वाचित

बाहुण्डाँगी । कपिलवस्तु जेसीजका लागि २०२२ को अध्यक्षमा गुरुदेव पौडेल निर्वाचित भएका छन् ।
हालै सम्पन्न शाखाको २२ औं शाखा अधिवेशनबाट वर्ष २०२२ को लागि पौडेल सर्वसहमत रुपमा निर्वाचित हुनु भएको हो ।
कार्यकारिणी उपाध्यक्ष अमृत घिमिरे र मदन पौडेल, उपाध्यक्षहरुमा मीन बहादुर थापा, सुनिल पाण्डे, शान्ती क्षेत्री र शंकर क्षेत्री निर्वाचित भएका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष पौडेलले कानुनी सल्लाहकारमा सुशील पौडेल, महासचिवमा चन्द्रकान्त पोख्रेल र कोषाध्यक्षमा कमल घिमिरे लाई मनोनित गर्नु भएको छ ।