बाहुण्डाँगी । भकुण्डेबेसी जेसीजको शाखा अधिवेशन बाट बर्ष २०२२ का लागि प्रमोद काफ्लेको नेतृत्वमा समिती चयन भएको छ ।
शाखाको हालै सम्पन्न अधिवेशनले प्रमोद काफ्लेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा रन्जु उप्रेती र राजु तिमल्सिना उपाध्यक्षहरुमा राजाराम गौतम सागर गौतम रामहरी अधिकारी र रमा ढोडारी तथा शाखा सम्पादक श्रीहरी अधिकारी निर्वाचित भएका छन् । यसैगरी महासचिव शिव न्यौपाने, कोषाध्यक्ष सुमन दाहाल,
कानुनी सल्लाहकार श्रीकृष्ण अधिकारी र सह सचिव बद्री अधिकारी मनोनित भएका शाखाकी पूर्व अध्यक्ष रुकमणी सिग्देलले बताउनु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीकृष्ण अधिकारी निर्वाचन अधिकृत , पुर्व अध्यक्ष जेसी मोदनाथ अधिकारी नोमिनेशन चेयर प्रशन रहनुभएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष हरु क्रमश हरिहर अधिकारी २०१४, यन्त्रनाथ खनाल २०१५, कपिल कोइराला २०१७, रुकमणी सिग्देल २०१८ ले शुभकामना मन्तव्य राख्नु भएको थियो । उदघाटन तथा अन्तिम सत्रमा नेपाल जेसीजका पुर्व उपाध्यक्ष जेसीआई सीनेटर रुकमणी सिग्देल प्रमुख अतिथी , र इन्जिनियर प्रकाश पौडेल बिशिस्ट अतिथी रहनुभएको थियो। नमोबुद्द नगरपालिका एवं स्थानीय समुदायमा एउटा छुट्टै पहिचान राख्न सफल नेपाल जेसीजको एक शाखा भकुण्डेबेसी जेसीजको बर्ष २०२२ को सफल कार्यकाल र सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
