संघ \संस्था

हेटौँडा लेडी जेसीजको अध्यक्षमा कविता पौडेल सर्वसम्वत

बाहुण्डाँगी । जेसीआई हेटौंडा लेडीको अध्यक्षमा कविता पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न शाखाको अधिवेशनले पौडेललाई अध्यक्षमा निर्विरोधनिर्वाचित गरेको हो । शाखाको कार्यकारिणी उपाध्यक्षमा सजिता केसी र सुनिता राई सर्वसम्मत चयन हुनु भएको छ । उपाध्यक्षमा इन्दिरा बानियाँ, पुष्पा क्षेत्री, मञ्जु मैनाली र सरस्वती थिङ निर्वाचित भएको निर्वाचन आयुक्त सुशीला पौडेलले जानकारी दिनुभयो ।