बाहुण्डाँगी । नेपाल जेसीजको मिनि निर्वाचनको झल्को दिदैँ आएको हेटौँडाँ जेसीजले १० वर्षपछि नेतृत्व चयन सर्वसम्मतरुपमा चयन भएको छ । अध्यक्ष बन्नका लागि मात्र यस शाखामा आ आफ्नो प्यानल बनाइ उम्मेदवारले लाखौँ खर्च गर्नु पर्ने अवस्था हुँदै आएको थियो । यहाँको निर्वाचन प्रक्रियाले नेपाल जेसीजमा समेत निकै प्रभाव राख्दै आएको थियो । तर, यस वर्ष त्यो भन्दा फरक दृष्य देखियो । अध्यक्षका लागि दुई जना प्रत्यासीका उम्मेदवार रहे पनि यो वर्ष शाखाको गरिमालाई उचाइमा लैजाने माध्यम बने श्रवणकुमार बड्र्ताैला । जसले प्रतिस्पर्धा होइन आत्मियाता र सिनियरको सम्मान गर्नु पर्छ भन्ने गतिलो उदाहरण पेश गरे । यस शाखामा १० वर्ष देखि नै दुई धारमा सञ्चालित थियो । शाखाको यो वर्षको निर्वाचन प्रक्रियामा सर्वसम्वत हुनुमा बड्तौला बधाइका पात्र बनेका छन् । वर्ष २०२२ को अध्यक्षका लागि श्रवणकुमार बर्तौला र पवन कुमार कंशाकारको उम्मेदवारी परेको थियो । अध्यक्षका आकांक्षी श्रवण कुमार बर्तौलाले सहमतिका लागि आफूभन्दा अग्रज पवनकुमारलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभएको छ ।
निर्वाचन आयुक्त राजदेव बनियाँले बिहीबार दिउँसो सर्वसम्मत अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु घोषणा गर्नुभएको छ । यसअघि सन् २०१२ का लागि कृष्ण कटुवाल सर्वसम्मत अध्यक्ष चयन भएयता सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन । जेसीआई हेटौंडाको नेतृत्व चयनमा उम्मेदवारले ठूलो धनराशी खर्चेर सदस्यलाई प्रभावित गर्ने प्रवृत्तिको आलोचना हुन थालेपछि क्रमशः निर्वाचनमा उम्मेदवारले खर्च गर्ने प्रवृत्तिमा सुधार हुँदै आएको थियो ।
२ जना कार्यकारिणी उपाध्यक्षमा शिव कुमार श्रेष्ठ र संग्राम बल लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष पदमा महेश्वर अधिकारी, श्याम कृष्ण दहाल, संदिप जंग कार्की र अमित आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।