अर्थ

आजदेखि अन्तरबैंक एटीएम प्रयोगमा २० रुपैयाँ शुल्क लाग्ने

काठमाडौं, माघ १ । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म Read More…

समाचार

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन् । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, Read More…

विश्व

जी न्यूजका सम्पदक चौधरीले माफी माग्दै भनेः सगरमाथा नेपालकै हो, कसैले खोस्न सक्दैन

काठमाडौं, माघ १ । विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरेका भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले माफी मागेका छन् । जी न्युजका सम्पादक सुधीर चौधरीले पशारण गरेको उक्त ‘सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने’ विषयलाई लिएर नेपालीले चर्को विरोध गरेपछि बुधबार रातिको प्रसारित टेलिभिजन कार्यक्रम डिएनएमार्फत माफी Read More…

धर्म संस्कृती

राष्ट्रपतिद्वारा माघेसंक्रान्तिको शुभकामना, नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्

काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवम् माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव Read More…

खेलकुद

म्यानचेस्टर सिटी विजयी

काठमाडौं, माघ १ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका हुन् । यस्तै खेलको इन्जुरी समयमा Read More…

धर्म संस्कृती

आज माघे संक्रान्ति, देशैभरी सार्वजनिक बिदा

काठमाडौं, माघ १ । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। थारु समुदायले आज धुमधामसँग Read More…

राजनीति

दुई सर्त पुरा भए अझै एकता सम्भव छः उपप्रधानमन्त्री पोखरेल

झापा, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले नेकपा सारमा विभाजन भइसकेको बताएका छन् । कानुनतः विभाजित नभए पनि सारमा विभाजित भइसकेको नेता पोखरेलको भनाई छ । नेकपा झापाले बिर्तामोडमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले दुई सर्त पुरा भए अझै एकताको संभावना रहेको बताए छन् । भेलामा Read More…

विविध

मेचीनगरमा ब्राउन सुगरसहित दम्पत्ति पक्राउ

मेचीनगर, पुस २९ । लागूऔषध ब्राउन सुगरसहित झापाको मेचीनगरमा दम्पत्ति पक्राउ परेका छन् । उनिहरु मेचीनगर –१३ चारआलीबाट आज पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–१ बाहुनडाँगीका सुजन राजपूत र उनकी श्रीमती पूजा मगर रहेका छन् । उनीहरुका साथमा १० ग्राम ब्राउनसुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसी राकेश थापाले बताए । पक्राउ परेका दुवै जनालाई Read More…

अर्थ

जनप्रिय साकोस १२ औं वर्षमा

मेचीनगर, पुस २९ । मेचीनगर–१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाको कार्यालयमा आयोजित सभाको उद्घाटन उक्त सहकारीका संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराईले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष Read More…

खेलकुद

तेस्रो मेचीनगर स्तरीय स्नुकर टुर्नामेन्ट शुक्रबारदेखि

मेचीनगर, पुस २९ । मेचीनगर–६ स्थित काँकरभिट्टामा तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता सम्बन्धि जानकारी दिएको हो । पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालाजीत राईले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राखेका थिए । मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट पहिलो र Read More…