संघ \संस्था

नयाँँ कार्यसमितिलाई कमल प्याब्सनको बधाई तथा शुभकामना

कमल । प्याब्सन झापाको १३ औं जिल्ला अधिवेशनबाट कमल गाउँपालिकाको प्रतिनिधित्व गर्ने नँया कार्य समितिलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

बधाई तथा शुभकामना प्याब्सन कमलले होटल लेन्ड, केर्खामा आइतबार एक कार्यक्रमकम बिच कमलबाट सर्बसम्मत रूपमा जिल्ला अध्यक्षमा निर्वाचित गौरीमान फागो, जिल्ला सदस्यमा निर्वाचित त्रिलोचन गौतम, युवराज बराल र सल्लाहाकार समितिमा मनोनित रामहरी घिमिरेलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेको आयोजकले जनाएको छ ।

कमल गाँउपालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रमको अध्यक्षता कमल प्याब्सनका अध्यक्ष बदीराम राईले गरेका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन कमलका सचिव दीपक सग्रौलाले गरेका थिए ।