बाहुण्डाँगी । झापाको जेठो शाखा भद्रपुर जेसीज २०२२ का लागि अध्यक्षमा मनोज भट्टराई निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको ४७ औ साधारसभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । भद्रपुरमा २०१७ प्रवेश गरेका भट्टराईले स्वास्थ्य संयोजक, उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष र महासचिव जस्तो महत्वपूर्ण पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरिसक्नु भएको छ । साथै भट्टराईको पारिवारिक वातावरण नै जेसीजमय छ । उहाँका बुबा लोकनाथ भट्टराई सोही शाखाका २००९ का अध्यक्ष हुनुहुन्छ ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा टिकाराम पाण्डे र यूवराज न्यौपाने तथा उपाध्यक्षहरुमा प्रकास भट्टराई, सरोज ढकाल, केशव अधिकारी र विजय अधिकारी निर्वाचित भएका छन् । साथै अध्यक्ष भट्टराईले महासचिवमा रमेश कार्कीलाई मनोनित गर्नु भएको छ ।
शाखाका अध्यक्ष निकाश पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उम्मेदवारहरुलाई नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेन्द्रदिपेन्द्र निरौलाले तालिम प्रदान गर्नु भएको थियो ।

