धर्म संस्कृती

आधुनिक युगमा वास्तु विज्ञान

झापा । स्वस्थ रहौं दीर्घायु बनौं प्राकृतिक पंन्चतत्व माथि बन्देज नगरौं। वास्तु विद्या प्राचिन बिद्या मानिन्छ। जसको उल्लेख प्राचीन ग्रन्थ ऋग्वेदमा पाउन सकिन्छ।

मानिसको जीवनलाई सुगम र सरल सभ्य एवम् कल्याणकारी बनाउनका लागि हाम्रा पुर्वज ऋषिमुनिले सदैव खोज अनुसन्धानमा नितान्त लागेको ईतिहास पाँउदछौ। वास्तु शास्त्रको सिद्धान्त पुर्णत वैज्ञानिक छ एवं व्यवहारिक पनि छ। जसको उपयोगिता स्पष्ट र निश्चित छ।

विश्व प्रकाशमा एउटा भनार्इ छ। वास्तु शांस्त्र प्रव छयामि लोकानां हितकाम्यामू वास्तु शब्दको अर्थ वस्ने वास वा वास बस्न योग्य , स्थान भनेर बुझिन्छ। यदि वास बस्न योग्य जमिन भएन भने वा गलत भू–बनोट रहेछ भने यस्ता जमिनले तत् स्थानमा बसोवास गर्ने जो कोही परिवारलाई आजिबन अस्वस्थ जीवन व्यतीत गर्नुको बिकल्प रहदैन।

त्यस माथि पनि घरको बनोट वा घर उर्जाशील नवनी नकारात्मक उर्जाले व्यापकता पायो भने त्यस घरले दिने शारीरिक तथा मानसिक संन्तुलनमा थप अर्को पिडा दिने र जीवन मा संन्चिति धन, मान, सम्मानमा ह्रास, आर्थिक अभाव लगायत परिवारको सु स्वास्थ्यमा पार्ने असरले ज्यादै कष्ट पुर्ण जीवन व्यतीत गर्नु पर्ने वाध्यताहरु देखा पर्दछन्। रामचरितमानसमा तुलसी दासले लेखेको एक लाईन

छितिजल पावक गगन समिरा। पंन्चतत्व रचित यंह अधम शरिरा

अर्थात यस कारणले पनि मानव शरीर पंन्चतत्व ले निर्मित भएको हुँदा यिनै निशुल्क रुपमा प्राप्त हुने पाँचतत्व मानव जीवनको अभिन्न अंग मानिन्छ।

यदि मानिसले प्रकृतिको नियम अनुसार यी पाँचतत्वलाई अनुकुल वातावरण बनाएर वास गर्नु राम्रो हुन्छ। जसले जीवन सुखि , स्वस्थ, एवं अध्यात्मिक बन्छ वा बन्न मद्दत गर्दछ।

अनुकुल एवं प्रतिकुल घट्ना मानव जीवनका अभिन्न अङ्ग हुन जो चाहिँ प्रकृति को नियम द्वारा शास्वत सत्य छ। वास्तु शास्त्रको उदय तथा यसको संरचना श्रृष्टिको पंन्चभूतात्मक सिद्दान्त माथि आधारित छ। जुन हाम्रो शरीर पनि पंन्चमहाभूतात्मक तत्व ले मिलेर बनेको छ।

यसै गरी कुनै पनि भवन निर्माण मा पंन्चतत्वको पर्याप्ततालाई ध्यानमा राखेर अघि बढउनाले त्यस भवनमा रहने सदस्य सदैव स्वस्थ सुखि रहने गर्दछन् ।

यो पंन्चमहाभूतात्मक पृथ्वी, जल, वायु, अग्नि र आकास हाम्रो ब्रम्हाण्ड पनि यिनै पंन्चतत्वले निर्मित छ। यसैले भनिन्छ यत् पिण्डे तत् ब्रम्हाण्डेूजसको कारण शरिरमा यि तत्वको कमि वा अधिकता हुँदा व्यक्ति अस्वस्थ या रुग्ण (कमजोर) हुन जान्छ।

त्यसरी नै भवनमा पंन्चतत्वको असंन्तुलन हुँदा तत् त्यस घरमा बस्ने परिवार लाई अनेकन् प्रकारका आर्थिक शारिरिक मानशिक सामाना गर्नु पर्छ। यसको साथै प्रकृतिको अनन्त शक्तिले केहि न केहि हामी मानव जातिलाई प्रभावित गर्ने गर्दछ।

जस्तै पृथ्वीमा गुरुत्वाकर्षण शक्ति, आभामण्डलको शक्ति, चुम्वकिय शक्ति तथा विद्युतीय शक्तिले निर्माण गरेका भवनहरू विद्यमान रहन्छन। जो मानव शरीरको विद्युत, चुम्बकिय शक्तिलाई प्रभावित पारेर शुभ या अशुभ फल दिने गर्दछ।

यो शक्ति बिभिन्न स्थानमा वा पृथ्वी एवं मानव माथि हर (हमेशा अलग(अलग प्रभाव एवं मानव माथि महत्व राख्ने गर्दछ। यहिँ कारण छ कि वास्तु शास्त्रले सदैव प्रत्येक स्थानमा एवं समानुपातिक फल दिदैन।

यो परिवर्तन मानवको ग्रह नक्षत्र तथा भौगोलिक अक्षांश अनुसार बदली रहन्छ। अन्यथा सबै भवनले एकनास एकै गतिमा सामान्य नै फल दिन सक्थ्यो होला। ब्रम्हाण्डको सारा शक्तिले प्रकृति र हाम्रो मानव शरिरलाई प्रभावित गर्ने गर्दछ। यदि सभ्य प्राणि मानिस प्रकृतिको बिरुद्ध गयो भने प्रकृतिको कु–प्रभाब लाई सामाना गर्न बाध्य हुन्छौं।

फलस्वरूप हामी अबनति तर्फ बढ्छौं र यदि प्रकृतिको अनुरुप चल्न सकियो भने मात्र सु प्रभाव एवं फलस्वरूप उन्नति प्रगति हुन्छ। समृद्ध शालि एवं सुखमय जीवनको लागि सहायक बन्छ।

मानवले नव निर्माण घर बनाउँदा मुख्य रुपमा खेल्नु पर्ने भुमिका खेल्न सकिएन भने घर बनाएको अर्थ रहदैन अर्थात बस्न योग्य घर बन्दैन। तत् घरमा बस्ने परिवारको शारिरिक तथा मानसिक अवस्थामा घात पुर्याउन सक्ने नकारात्मक उर्जाहरुको वृद्धि हुन जानेछ।

जसको कारण मानव अस्वस्थ हुन जाने अनेकन् प्रकारका रोगहरू डिप्रेसन, प्यारालाइसिस, अदृश्य नकारात्मक उर्जा शक्ति को प्रभाव, आत्महत्या, भुतात्मक चाल, छाया, शारिरिक अक्षमता, निसन्तान, पुरुष संन्तानको अभाव, सुस्त मनस्थिति, गहिरो एक्सिडेन्ट,जस्ता क्षति व्यहोर्नु पर्ने अर्थात स्वीकार गर्नु पर्ने हुन्छ।

वास्तु शास्त्र अर्थात वास्तु विज्ञानको नियमलाई सकारात्मक उर्जा को स्तर बुझेर मानव शरीरलाई संन्तुलन राख्न बिभिन्न नियम र उपनियमलाई गहिरो बुझेर जानुको बिकल्प पनि छैन। मानिस ,घर,र प्रकृतिलाई समान संन्तुलनमा लिएर जाने मानिसहरु स्वस्थ राजयोगको श्रेणीमा पर्ने विश्वास गरिन्छ। अधिकांश मानिसहरू आजभोलि वास्तु विज्ञान लाई सामान्य धर्मको एउटा पाटो सम्झिने गर्दछन् तर पंन्चतत्व न कुनै धर्म संङ्ग सङ्ग सरोकार राख्छ न कुनै जात संङ्ग सम्बन्ध राख्दछ राख्दछ भने मानवको स्वास्थ्य सङ्ग राख्दछ।

पंन्चतत्व कुनै पनि धर्मजात बर्ग, धनि गरिव संङ्ग सम्बन्ध राख्दैन। यो न मासिन्छ उपभोग गरेर सकिन्छ। यसको सकारात्मक उर्जाको ब्यबस्थापन गर्दै घर , फैक्ट्रि , कलकारखाना, उद्योग, वाणिज्य, ब्यापार, पार्लर, मार्केट, सुपरमार्केट, पसल, पुल, संग्राहलय, छाउनी, भट्टि, प्लानिङ्ग पल्लटिङ्ग, फार्म हाउस, डेरी, कार्यालय, आदि बनाउँदा वास्तु विशेषको अध्ययन नगरी गरिएको खण्डमा बिभिन्न तारतम्य नमिलेको धुन जस्तो ब्यबसाय हुन पुग्दछ।

मानिसले कमाएको सम्पत्ति बर्वादि हुनुको साथै लसमा जीवन व्यतीत गर्नु को बिकल्प हुदैन। सपनाको चाङ्ग लाई थाती राखेर असफल घरपति, असफल उद्योगपति, असफल ब्यवसायी, असफल नेतृत्व, असफल पिता माता, अभिभाबक, बन्न बाध्य हुने गर्दछौं। यसर्थ हज्जारौं मानिस मा केहि प्रतिशत मानिसहरु मात्र सफल छन्। बाँकि सबै मानिसहरु सिर्फ साधारण जिवन शैलिमा रहने गर्दछन्। लेखकः ज्योतिष काशिनाथ पौडेल, मचीनगर–६ काँकरभिट्टा