संघ \संस्था

एमाले, कांग्रेस र राप्रपाको गठबन्धन लाई पराजित गर्दै कालिका वनको अध्यक्षमा माओवादीका योगेश भट्टराई निर्वाचित

मेचीनगर । राष्ट्रिय गठबन्धन भन्दा फरक दुई प्यानल बनाएर चुनावमा होमिएका कालिका सामुदायिक वनको अध्यक्षमा योगश भट्टराई निर्वाचित भएका छन् ।

उनले अध्यक्षमा ९१३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी विशुलाल मेचेले ८५२ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ६१ मतको अन्तरले भट्टराई अध्यक्षमा विजयी भएका हुन् ।


विशुलाल मेचे

भट्टराई प्रगतिशील प्यानबाट उठेका थिए । उनी माओवादीका हुन् । प्रगतिशील प्यानमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लिम्बुवान, संघीय गणतान्त्रिक मोर्चाले निर्वाचनमा तालमेत गरेको थियो ।

यता मेचे एमालेका हुन् । उनी प्रगतिशील लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा उठेका थिए । प्रगतिशील लोकतान्त्रिक प्यानलमा एमाले, कांग्रेस र राप्रपाको गठबन्धन थियो ।

योगश भट्टराई

चुनाव बुधबार सम्पन्न भएको थियो । बुधबार रातिदेखि मतगणना सुरु भएको थियो । बिहीबार विहान मतपरिणाम आएको निर्वाचन समितिले जनाएको छ ।