बाहुण्डाँगी भेरिगङा जेसीजको स्थापना दिवसको पाँचौ अवसर पारेर ट्राफिक सचेतना तथा वेवसाइट उद्घाटन सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाकी उपमेयर रेणु आचार्य ढकाल को प्रमुख आथित्यमा र सस्थापक अध्यक्ष नबराज उपाध्याय र हरि प्रसाद पौडेल को विशेष आथित्य तथा ट्राफिक प्रहरी मोहन कार्की ,

भेरी उद्योग ब्यापार संघ का अध्यक्ष सोम ढकाल लाइन्स क्लब अफ छिन्छु प्रतिनिधि बिध्या खत्री लगायत अथिती का रुपमा उपस्थितमा भेरिगङा जेसिज पाँचौ स्थापना दिवस को अवसरमा ट्राफिक सचेतना तथा आफ्नो शाखा गतिविधि लाई बिश्वब्यापी बनाउन का लागि आफ्नो वेब(साइट को उद्घाटन गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गोप शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

