बाहुण्डाँगी । बुटवल लेडि जेसीजको आयोजनामा बुटवल २ मा रहेको बृद्धाआश्रममा खाद्यान्न बितरण तथा भजनकृतन गरिएको छ । आश्रममा आश्रीत आमाबुबालाइ दैनिक उपभोग्य सामाग्रीहरु चामल, नुन, दाल, तेल, भुजा लगायतका खाद्यासामग्री बितरण गरिएको हो ।

अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बटवल २ का वडाध्यक्ष रमेश खनाल,आश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ,।संस्थापक रेखा शर्मा कट्टेल लगायतले बोल्दै क्लवले समाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा गरेर नमुना काम गरिरहेको बताउनुभयो । मानताको सेवामा समप्रित संस्था जेसीजले समाजमा रहेका हरेक दुखी गरिबको साहरा बन्दै आएको आभार व्यक्त गरेका थिए । अध्यक्ष श्रेष्ठले आश्रममा रहेका बुबा आमालाई एकछाक मिठो मसिनो खान पुग्ने सामाग्री दिन पाउँदा मन नै हर्षित बनेको बताउनु भयो । साथै उहाँले आगामी दिनमा समेत निरन्तर साथ सहयोग गर्दै जाने बताउनु भयो ।

पुण्य आर्जन गर्न मन्दिर धाउनु मात्र नभएर,बेसाहारा भगवान् रुपी आमाबुवा का मनका वेदना बुझी व्यस्त समय बाट केही समय मात्र उहाँहरुलाई दिन सक्यौं भने,मानवताको आभाष,आफ्नोपनको आभाष दिलाउन सक्यौ भने हामीले उहाँहरुको अन्तरहृदयदेखी नै आशिर्वाद प्राप्त गर्न सक्नेछौं भन्ने अभिलाषा सहित बुटवल लेडी जेसीजद्वारा आयोजित महाशिवरात्रीको पावन अवसरमा प्रसादरआवश्यक खाध्धान्न वितरण तथा भजन कृतन कार्यक्रममा उपस्थित भएको शाखा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

महासचिव संगिता ढकालको संचालनमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक रूपा श्रेष्ठ पाठकले गर्नुभएको थियो ।

कार्यक्रममा मन्जु प्रधान भजनमण्डली संयोजक,राधे परिवार अध्यक्ष मिना सापकोटा लगायतको टीमले भजनकृतन गरेर आश्रमका बुबाआमा लाइ रमाइलो गरि नचाउनुभएको थियो । सो आश्रमको छेउमा अहिले १ करोड लागतमा बालआश्रम निर्माण गरिएको छ ।