काठमाडाै । सरकारले भोलि (फागुन १९ ) गते बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने ग्याल्पो ल्होसारको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिने गरेको हो।
ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीको प्रमुख चाड हो। शेर्पा समुदायले नेपाल लगायत सिक्किम र दार्जीलिङमा ग्याल्पो ल्होसार मनाउने गरेको छ।