खेलकुद

झापा गोल्ड कप भोलिदेखि, विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट

झापा । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ भोलिदेखि सञ्चालन हुदैछ । मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण हेर्न दर्शक आतुर छन् । आयोकका अनुसार अहिले धमाधम टिकट बिक्रि भईरहेको छ ।

दर्शकले सेमिफाईनलसम्मका प्रत्येक खेल हेर्न सामान्यतया एक सय, दुई सय र तीन सय तिर्नु पर्छ । तर, आयाजकले विद्यार्थीहरुका लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिदिएको अनेरास्ववियु झापा अध्यक्ष रोशन लामाले बताए । विद्यार्थीहरुलाई मनोरञ्जन क्षेत्रमा नेपाल सरकारले नै ४५ प्रतिशत अधिकार सुनिश्चि गरिदिएकोमा झापा गोल्डकपले त्यसलाई व्यवहारमा उतारेको अध्यक्ष लामाले बताए ।

अनेरास्ववियु झापाले विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिनु पर्ने माग राख्दै झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतलाइ ज्ञापनपत्र बुझाएको र त्यसलाई कार्यन्वयन गर्ने बचन बद्धता आयोजकबाट प्राप्त गरेको अनेरास्ववियु झापा जिल्ला सचिव नारायण पोखरेलले जानकारी दिए ।

आयोजकका अनुसार विद्यार्थीका लागि झापा गोल्ड कपको सचिवालय अतिथि सदनमा दिनको १ बजेसम्म उपलब्ध हुने जनाएको छ ।