एजेन्सी । युक्रेनको इनरहोडार सहरमा भएको युरोपनको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको छ ।
बीबीसीको अनुसार रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ ।
इनरहोडारमा मेयर दिमित्रा ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिएका थिए ।
रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लान्टसम्म पुग्ने बाटो बन्द गरेका थिए ।
युक्रेनमा यो समय चार वटा आणविक प्लान्ट चलिरहेका र त्यसमा इनरहोडारमा रहेको जेपोरझेया प्लान्ट पनि रहेको बीबीसीमा उल्लेख छ ।
यस प्लान्टमा परमाणु स्थल चर्नोबिलको परमाणु फोहर पनि ल्याउने गरिन्छ । चर्नोबिल अहिले रुसको कब्जामा छ ।