राजनीति

झापामा कांग्रेसले टुंग्यायो उम्मेदवार, क–कसले पाउने भए टिकट ?

झापा । झापामा नेपाली काँग्रेसले उम्मेदवार टुंगाएको छ । काँग्रेसले बिर्तामोड नगरपालिकाको मेयरमा भोजराज सिटौला उम्मेदवार बनाउन लागेको छ ।

कांग्रेसको १ नम्बर प्रदेश समितिले बिर्तामोड नगर सभापति तथा बिर्तामोड ३ का निवर्तमान वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । यद्धपि सो निर्णय सार्वजनिक गरिएको छैन । गठबन्धनका तर्फबाट बिर्तामोडको मेयर कांग्रेस र उपमेयर माओवादीले पाएको हो । गठबन्धन दलबीच बिर्तामोड नगरपालिकाको मेयर कांग्रेसलाई ,उपमेयर माओवादीलाई दिने सहमति बनेको हो ।

त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी , भद्रपुरको मेयरमा गणेश पोखरेल , कनकाईको मेयरमा रुद्र चिमरिया , गौरादहको मेयरमा रोहित शाह , गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी , शिवसताक्षी नगरपालिकाको मेयरमा पर्शुराम ढुंगाना , कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई , झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह ,कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ । त्यस्तै मेचीनगर नगरपालिकाको मेयरमा केशव पाण्डे, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीको संभावना रहेको पार्टी स्रोतले जनाएको छ ।