राजनीति

वडा अध्यक्षका उम्मेदवार फागो: युवाहरुको प्रेरणाको श्रोत

कमल । कमल गाउँपालिका ३ नम्वर वाडको अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली काँग्रेसका गौरीमान फागोले उमेद्वारी दिनु भएको छ ।

नेपाली काग्रेसका शसक्त नेता मानिने फागो भविष्य बोकेका एक सशक्त नेता हुनुहुन्छ । बुबा हर्क प्रसाद फागो र आमा हंसमती फागोको कोख बाट विक्रम सम्वत् २०३३ साल पुस १५ गते ईलाम जिल्लाको चुलाचुली गाउँपालिकाको वडा नम्वर १ कमलमा जन्मनु भएका फागोले विएस्सी सम्मको अध्यायन पुरा गर्नु भएको छ ।

विध्यार्थी जीवन बाट राजनीति सुरु गर्नु भएका फागो शैक्षिक,सामाजीक तथा राजनीति क्षेत्रमा निकै सकृय हुनुहुन्छ । लालिमा आवसीय माध्यमिक विध्यालयका संस्थापक प्रिन्सिपल , प्याव्सन झापाका अध्यक्ष, आदिवासी जनजाती संघका क्षेत्रीय सभापति हुनुहुन्छ भने केर्खा बजार व्यवस्थापन समितीको २ कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्नु भएका सशक्त नेताहुनुहून्छ ।

फागोे पाटी तथा समाजिक क्षेत्रमा सक्रिय भएकै कारण आगामी बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमल गाउँपालिकाको ३ नम्वर वडाको अध्यक्षमा पाटिले टिकट दिएको हो । आफ्नो विचार प्रष्ट राख्ने र योजना अनुरूपका कामलाई सम्पन्न गर्नेे बानी छ । वार्डवासीको सेवामा आफूलाई अहोरात्र समर्पित भैरहने फागो विशेष गरेर युवाहरको प्रेरणाको श्रोत हुनुहुन्छ ।
युवाहरूसँग मिलेर चुनाव प्रचारप्रसारमा जुटिरहनु भएका फागो लाई खगेन्द्र वारकोटी, बसन्त सुब्बा, अमृता लामा र हुमादेबी रम्तेलले साथ दिनु भएको छ । फागो वडाको भुगोल र समस्याका बारेमा राम्रो संग जानकार हुनुहुन्छ ।

दूरदृष्टि, जनसम्पर्क, व्यक्तित्व, सत्य र न्यायप्रतिको निष्ठा, जनतासँगको घुलनशीलता र जवाफदेहिता फागोका असल गुण हुन् । सबै तह, तप्का, वर्ग, धर्म र जातका मानिससँग उत्तिकै सम्बन्ध राख्ने, जनसरोकार, चासो र समस्या बुझ्न सक्ने र समस्या हल गर्न समाधानकर्ताको गुण फागोमा रहेको छ । नेपाली काँग्रेसले अघिसारेका सामाजिक रूपान्तरणका लागि परिवर्तनका वाहक बन्न सक्ने खुबी वहाँमा छ । जीवनका हरेक क्षेत्रमा पारदर्शिता कायम राख्दै भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने गरी काम गर्ने उनको सङ्कल्प छ ।
फागोका मुख्य एजेन्डा ?

कमल गाउँपालिकाको आर्थिक, शैक्षिक र राजनीतिक केन्द्र मानिने वाड नं. ३ र विशेषगरी शहरउन्मुख केर्खा बजारलाई व्यवस्थित शहरको रूप विकास गर्दै । युवालाई उद्यमी बन्न र उत्पादनमूलक काममा सहभागी हुन प्रेरित गर्ने , वाडका योजना निर्माण र कार्यान्वयनमा बिना भेदभाव सबैको सहभागिता सुनिश्चित गर्ने फागो बताउहुनुन्छ।