विविध

गणतन्त्र दिवसको अवसरमा भृकुटी बजारमा द्विप प्रज्ज्वलन

मेचीनगर । झापाको मेचीनगर २ स्थित भृकुटी बजारमा द्विप प्रज्वलन गरिएको छ ।

१५औं गणतन्त्र दिवसको अवसर पारेर आइतबार साझ भृकुटी बजारमा द्विप प्रज्वलन गरिएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता मेचीनगर नगरपालीका वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालको रहेको थियो ।

विभिन्न संघसंस्थाका प्रतिनिधि संगै सयौं स्थानीयको सहभागीता रहेको द्विप प्रज्वलन कार्यक्रममा स्वागत शिक्षासेवी लम्बोदर पौडेरले गरेका थिए भने कार्यक्रम सञ्चालन युवा समाजसेवी कमल गोलेले गरेका थिए ।