झापा। झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे । नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए । Read More…
Month: May 2022
मेचीनगर–६ को वडा अध्यक्षमा ललित तामाङ निर्वाचित
मेचीनगर । मेचीनगर–६ को वडा अध्यक्षमा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् । सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । थापाले Read More…
फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो
काठमाडौं । सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै आइतबार राति १२ पछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ । केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको Read More…
गठबन्धनलाई पछि पार्दै अर्जुनधाराको मेयर र उपमेयरमा एमाले विजयी
झापा । अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अर्जुनधाराको मेयरमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपमेयरमा एमालेकी खड्गमाया पराजुली निर्वाचित भएका छन् । अर्जुनधारामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका थिए । गठबन्धनबाट काँग्रेसकी मेयर उम्मेदवार रंजिता कार्कीलाई ५ हजार ४२६ मतान्तरले पराजित गर्दै तामाङ Read More…
बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख एमालेले जित्यो
झापा । नेकपा एमाले बिर्तामोड नगरपालिकामा यसअघिको विरासत जोगाउँदै नगर प्रमुख र उपप्रमुख जित्न सफल भएको छ । पाँच दलीय गठबन्धनकाे घेराबन्दीलाई चिर्दै एमालेले नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेको हो । झापाली राजनीतिको केन्द्र मानिने बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा प्रसाई निर्वाचित भएकी छन् । नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलालाई ३,७५८ मतान्तरले हराउँदै Read More…
दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा विजयी
झापा । दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन्। उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७ हजार ७२ मत Read More…
मेचीनगर–१३ मा एमालेको प्यानलै विजयी
मेचीनगर । मेचीनगरको वडा नम्बर १३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । मेचीनगर १३ को वडाध्यक्षमा कृष्णराज सिग्देल, खुला महिला सदस्यमा तुलसा काफ्ले बराल(१३०६), दलित महिला सदस्यमा रीता परियार(१४०५), खुला सदस्यतर्फ रविन्द्र न्यौपाने (१२९४) र ऋषिराज राजबंशी (११५५) मत ल्याएर निर्वाचित भएका हुन् । वडाध्यक्ष Read More…
बुद्धशान्ति गाउँपालिका: अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमालेको पक्षमा
झापा । झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएकम छन् । ११ हजार ४०३ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरीन् । उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी Read More…
झापाको मेचिनगरमा पहिलोपटक अक्सन मार्फत यु-१४ फुटबल प्रतियोगिता हुँदै
झापा । झापाको मेचीनगर स्थित काकडभिट्टामा पहिलोपटक अक्सन मार्फत खेलाडी छनोट गरेर सिटि लिग यु-१४ फुटबल प्रतियोगिता हुने भएको छ। काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा जेठ १४ गतेदेखि हुने उक्त प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाउने छन्, भने प्रत्येक टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्ने र एउटा टिमले बढीमा २२ हजार रुपैयाँ सम्म खर्च गर्न Read More…
मेचीनगर: चार वटा वडाको मत परिणाम सार्वजनिक, एमाले ३, माओवादी १
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पन्ध्र वटा वडा रहेको मेचीनगरमा अहिलेसम्म चारवटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएकाहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीन र माओवादी केन्द्रले एउटा वडामा जीत हासिल गरेका छन् । एमालेले मेचीनगर १,२,३ नम्बर वडामा जीत हासिल गरेको छ । Read More…










