संघ \संस्था

भेरीगंगा जेसीजद्धारा बृक्षारोपण

बाहुण्डाँगी । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन १९७३ देखि यो दिवस मनाउन थालिएको हो । जस अन्र्तगत विश्व वातावरण दिवसको अवसरमा सुर्खेतको भेरीगंगामा पनि वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ ।

पृथ्वीको संरक्षण दिगो प्रकृति मैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ भेरीगंगा नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा जेसिज वर्ष २०२२ का अध्यक्ष जेसी गोपी प्रसाद शर्माको अध्यक्षता भेरीगंगा जेसिज
वर्ष २०२२ को आयोजनामा भेरीगंगा वडा नं ११ र १३ मा रहेको शान्तेश्वर महादेव मन्दिर परिसरमा निम, बकाइनो, बरपिपल, बडहर, कटहर, चिउरी, स्वामी, लिप्टिस, जामुना, पारीजात लगाएत ५० जातका बिरुवा रोपि विश्व वातावरण दिवस मनाइएको छ ।

वृक्षारोपण कार्यक्रममा भेरीगंगा नगर प्रमुख यज्ञ प्रसाद ढकालले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधी तथा विभिन्न संघ सस्थाका पदाधिकारी लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेको जेसिज वर्ष २०२२ की सचिव सुनिता जैसीले रेडियो भेरीगंगालाई जानकारी दिनुभयो ।