बौद्धमोड । बर्खाको समयमा विद्यालय छुट्टीको अवसर पारेर मेचीनगर २ बौद्धमोडमा शिक्षकहका लागि एक दिने शिक्षक तालिम सम्पन्न भएको छ ।
बौद्धमोडमा रहेको बौद्धमोड ईङ्गग्लिस बोर्डिङ्ग स्कुल र सौरभ नमुना ईङ्गलिस बोर्डिङ स्कुलको आयोजनामा तालिम सम्पन्न भएको हो ।

प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरेर विदा रहेको समयलाई शिक्षकहरुको शैक्षिक गुणस्तर तथा शिक्षकहरुलाई पेशाप्रति उत्प्रेरणा दिने उदेश्यका साथ तालिमको आयोजना गरेको बौद्धमोड ईङ्गग्लिस बोर्डिङ्ग स्कुलका संस्थापक सचिन निरौलाले बताउनु भयो ।

सहभागि शिक्षकहरुलाई धुलावारी माविका प्रधानाध्यापक महेन्द्र विलास लुईटेल र देवी मावि विर्तामोडका सहायक प्रधानाध्यापक लिलाप्रसाद भण्डारीले प्रशिश्रण दिनु भएको थियो । तालिममा २० जना शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागि शिक्षकहरुले तालिमपछि थप उर्जा मिलेको प्रिन्सिपल भावना राईले बताउनु भयो ।
