संघ \संस्था

कालिका जेसीजको उद्घोषण तालिम सहित जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । कालिका जेसीज २०२२ को जेसीज सप्ताह शनिवार सम्पन्न भएको छ । साउन २२ गते संसदीय बैठक प्रणाली तालिमबाट सुरु भएको सप्ताह शनिवार उद्घोषण तालिमको आयोजनासहित सम्पन्न भएको हो । शाखाका पदाधीकारी तथा सदस्यहरुका लागि गरिएको उक्त तालिम नेपाल जेसीजका पूर्व उपाध्यक्ष अर्जुन अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
सप्ताह समापनको अवसर सप्ताह संस्थाको गतिविधिमा उत्कृष्ट योगदान दिने २ जना सदस्यलाई सक्रिय सदस्य अवार्ड प्रदान गरिएको थियो । जसमा उपाध्यक्ष विश्वनाथ दाहाल र उपाध्यक्ष सुशील कोइराला रहेका छन् ।


सप्ताह अन्तर्गत साउन २३ गते व्यवसायिक फुल खेती, साउन २४
पशुपन्क्षी पालन तालिम, साउन २५ लागू औषधि दुव्र्यसन बिरुद्ध तालिम, साउन २६ अन्तर विधालय बक्तृत्वकला प्रतियोगिता र साउन २७
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
भिमोदय नमुना मा. वि., कालिका–५ मा सम्पनन अन्तर विद्यालय वत्ततृत्वकला अन्तर्गत सिद्धिविनायक मावि प्रथम, चित्रवन मावि दोस्रो,
भिमोदय मावि तेस्रो र पृथ्वी मावि सान्तवना भएका थिए ।


शाखाकी अध्यक्ष मेनुका थापाको सभापतित्व तथा कालिका नगरपालिकाका मेयर एवम् शाखाका मानार्थ सदस्य बिनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष नगेन्द्र तिमिल्सिना मानार्थ सदस्य लिला बहादुर गुरुङ्ग, मानार्थ सदस्य जितेन्द्र वाग्ले, रेडक्रस उपशाखा जुटपानीका अध्यक्ष राजन रेग्मी, नारायणगढ लेडी जेसीजकी अध्यक्ष अनु श्रेष्ठ अधिकारी, कालिका वडा नम्बर ६ का अध्यक्ष टिकाराम रेग्मी, वडा नम्बर ५ का अध्यक्ष दिपकबहादुर भट्टराईले बोल्नु भएको थियो ।


कार्यक्रममा मातृ शाखा बीसहजार जेसीजका पूर्व अध्यक्षहरु सन्तोष मजाकोटी, सिनेटर रेशमराज शर्मा, छिमकी शाखाहरु नरायणगढ जेसीजका अध्यक्ष अमृत श्रेष्ठ, सौराह जेसीजका अध्यक्ष विकास श्रेष्ठ, पर्सा–खैरहनी जेसीजका अध्यक्ष प्रकाश उप्रेती, रत्ननगर जेसीजका अध्यक्ष उपेन्द्र आचार्य, सौराह लेडि जेसीजकी अध्यक्ष स्वपना पौडेल, बिसहजार जेसीजका अध्यक्ष बेदराज न्यौपाने, गितानगर जेसीजका अध्यक्ष अनुप कोइराला, गैडाकोट जेसीजका अध्यक्ष शंकर अधिकारी , प्रस्तावित देबघाटधाम जेसीज संस्थापक अध्यक्ष विकास सापकोटालगायतको उपस्थित रहेको थियोे
कार्यकारीणी उपाध्यक्ष सुमित्रा अधिकारीले स्वागत गर्नु भएको कार्यक्तममा आस्थापाठ विश्वनाथ दाहाल र सञ्चालन महासचिव प्रेम भट्टराईले गर्नु भएको थियो ।