राजनीति

काँग्रेस र कम्युनिष्टहरुले देश बर्वादी बनाएः अध्यक्ष लिङ्गदेन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई काँग्रेस र कम्युनिष्टहरुले बर्वादी तर्फ लगेको आरोप लगाएका छन् ।

सोमबार गृह जिल्ला झापाको चारआलीमा आयोजित बृह्त कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई साम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशलाई काँग्रेस र कम्युनिष्टहरुले पालैपालो बर्वादी तर्फ लगेको बताएका छन् ।

समयमै बिचार नपुर्याए यी दलहरुले नेपाललाई पनि श्रीलंकाको जस्तो अवस्थामा पुर्याउने भन्दै राष्ट्र र राष्ट्रियता जोगाउने एक मात्र पार्टी राप्रपा रहेको उनको भनाई छ । साथै उनले काँग्रेस र कम्युनिष्ट पार्टीलाई भोट हालेकाहरुले पनि आगामी निर्वाचनमा राप्रपाको हल्लो चिन्हमा मतदान गरेर अघिल्लो गल्ती सुधार्न आग्रह गरेका छन् ।

कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टी देशको नँया शक्तिको रूपमा उदाएको बताएका छन् । प्रवक्ता शाहीले देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीको जनलहर छाएको बताउँदै योे शक्तिको रूपमा विकशित भइरहेको बताए ।

उनले देशमा अहिले चरम भ्रष्टाचार, हत्या हिंसा र बेथिति मौलाएको भन्दै त्यसलाई जरैदेखि निर्मुल पार्ने पार्टी राप्रपा मात्रै भएको दाबी गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा सबैले राप्रपामा भोट हालेर जिताउँनु पर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कमिटिको आयोजनामा आयोजित बृह्त कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रयदेखि स्थानीय तह सम्मकै नेता तथा कार्यकर्ताहरुको उल्लेखिय सहभागीता रहेको थियो ।

कार्यक्रमको अशोक सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य राप्रपा मेचीनगर अध्यक्ष सबिना बजगाईले गरेकी थिइन् ।