संघ \संस्था

एरिया ‘ए’ सम्मेलनेले नयाँ सन्देश दिनेछ– निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला

बाहुण्डाँगी । एरिया ‘ए’ सम्मेलनले जेसीज अभियानमा नयाँ सन्देश दिने निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले बताउनु भयो ।
इन्द्रपुर जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा शुक्रवारबाट सुरु हुने कन्फ्रेन्स अन्य वर्षको भन्दा पृथक गर्ने अयिभानका साथ सिंगो इन्द्रपुर जेसीज अहोरात्र लागि परेको र यसले केही न केही नयाँ आयाम थप्ने बताउनु भयो । ‘औपचारिकताका लागि मात्र सम्मेलन होइन’ क्षेत्र ‘क’ को कमाण्ड सम्हारिरहनु भएका निरुपित कार्यकारीणी उपाध्यक्ष निरौलाले भन्नुभयो –‘सम्मेलन कस्तो हुन्छ भन्ने शिक्षा दिनका लागि पनि हामी लागि परेका छौ ।

यस सम्मेलनमा सहभागि हुने हरेक युवाहरुका लागि उहाँहरुको इच्छा अनुसारका उत्कृष्ट प्रशिक्षकद्धारा तालिमको आयोजना गर्नु सम्मेलनको नौलो अभ्यास हो । यहाँबाट फर्केर जाँदै गर्दा एउटा जेसीजकर्मीले केही न केही नयाँ कुरा सिकेर जाउन भन्ने हाम्रो लक्ष्य रहेको छ ।’

राष्ट्रिय महाधिवेशनको अघिल्लो चरणको रुपमा रहेको सम्मेलनमा सहभागि हुने शाखा अध्यक्षहरुले विभिन्न एजेण्डाहरुमा छलफल गरी प्रस्तावका रुपमा महाधिवेशनमा पेश गर्ने भएकाले पनि सम्मेलनलाई महत्वका साथ हेरिने
सम्मेलनका सभापति समेत रहनु कार्यकारीणी उपाध्यक्ष निरौलाले बताउनु भयो । कार्यकारीणी उपाध्यक्ष निरौलाले अध्यक्षहरुको जेनेरल एसेम्ली एउटा हलमा र अन्य सदस्यहरुको तालिम अर्काे हलमा गर्ने तालिका रहेको बताउनुु भयो । जसले गर्दा सम्मेलनमा उठ्ने विषय वस्तुहरु अध्यक्षले उठान गर्नेछन् भने सहभागिले तालिम समेत लिने अवसर प्राप्त गर्ने छन् ।


बुधवारबाट नै इन्द्रपुर सम्मेलनको तयारीमा बिराटचोक पुग्नु भएका निरौलाले तालिम, व्यवस्थापन र आतिथ्यताको हिसाबले केही पृथक र केही परिमार्जित सहित यो सम्मेलन हुने बताउनु भयो । सम्मेलनका सभापति समेत रहनु भएका निरौलाले एरिया ए सम्मेलनमा सहभागि भएर सफल बनाउन सबै जेसीजकर्मीहरुलाई आग्रह गर्नु भयो । क्षेत्र क मा रहेका ४३ वटा शाखामा रहेका जेसीज अभियानमा लागेका शाखाका पूर्व अध्यक्ष, पूर्व सदस्य तथा वर्तमान पदाधिकारीहरु जसले गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलिाई सोही समारोहमा सम्मान गरिने कार्यक्रम रहेको निरौलाले बताउनु भयो ।

उहाँले सम्मेलनमा अन्तर शाखा वक्तित्वकला प्रतियोगिता समेत हुने र विजेता शाखाले विरगञ्जमा हुने महाधिवेशनमा भाग लिने अवसर पाउने बताउनु भयो । साथै उहाँले एरिया ए का सबै शाखाहरुलाई औपचारिक निमन्त्रणा गरिएको समेत बताउनु भयो ।
यस एरियाका लागि निरुपित उपाध्यक्षहरुमा राजिप प्रसाई, कुमारसिंह साँवा र मनोज शाह रहेका छन् ।