बिर्तामोड : डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार भीमा सिवाकोटी पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापाले आज सिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरेको हो । बिर्तामोडमा आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवानले सिवाकोटीलाई दोसल्ला ओढाएर नगद र ताम्रपत्रसहित पुरस्कृत गरेका हुन् । पुरस्कारको राशि २५ हजार Read More…
Month: August 2022
चलचित्र ‘माइकल अधिकारी’ को टिम भोलि पुर्व आउँदै
झापा । यही भदौ ३ गते प्रर्दशनमा आउने चलचित्र ‘माइकल अधिकारी‘ को टिम शनिबार भोलि पुर्व आउने भएका छन्। नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि उक्त टिम पुर्व आउने भएको हो । पुर्बका विभिन्न सहरहरु बिर्तामोड, इटहरी र बिराटनगरमा शनिबार कलकार सहितको पत्रकार समेलन आयोजना गरिने निर्माता निरक पौडेलले बताए। चलचित्र Read More…
सिमरा जेसीजद्धारा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । विद्यार्थीलाई लक्षित गर्दै सिमरा जेसीजले विहिवार सिमरामा स्वास्थ्य सेचतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । लागुऔषध प्रयोगबाट निम्तिन सक्ने मानसिक तथा व्यवहारिक समस्याका विषयमा जेसिजले कार्यक्रम आयोजना गरेको हो । सिमरास्थित सिमरा कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीलाई कक्षा कोठामै पुगेर जेसिजले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो । कलेजमा अध्ययनरत ६० जना विद्यार्थीले सहभागिता Read More…
पर्सा खैरहनी जेसीजद्वारा मुसहर बस्तीका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण
बाहुण्डाँगी । पर्सा खैरहनी जेसीजले मुसहर बस्तीका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको छ। साउन २६ गतेका दिन आफ्नो स्थापना दिवसको अवसर पारेर खैरहनी नगरपालिका वडा नं १० अवस्थित मुसहर वस्तीका सामुदायिक विद्यालयमा अध्ययनरत बाबुनानीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो । सन् २००० मा स्थापना भई नेतृत्व विकास, भातृत्व विकास र व्यक्तित्व विकासको लागी जेसीजको मुख्य Read More…
कृष्णथुम्की महोत्सवमा भदौ २ गते रचना रिमाल आउने
बाहुण्डाँगी । झापाको बाहुणडाँगी स्थित कृष्णथुम्कीमा श्रीकृष्ण जन्माष्टमीको अबसरमा लाग्ने पाँचदिने महोत्सवमा चर्चित गायिका रचना रिमाल आउने भएकी छिन् । श्रीकृष्ण थुम्की विकास समितिको आयोजनामा साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आयोजना हुने महोत्सवको चौथो दिन गायिका रिमालको प्रस्तुती रहने आयोजक समितिका अध्यक्ष हिम्मत खड्काले जानकारी दिए। महोत्सवमा रिमालसहित अन्य चर्चित तथा स्थानीय कलाकारको प्रस्तुती Read More…
आज जनै पूर्णिमा, देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक Read More…
नहरमा पौडी खेल्दा झापाका दुई बालबालिका डुबेर मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी Read More…
नारायणगढ जेसीजको जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण
बाहुण्डाँगी । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नारायणगढ जेसीजले ‘जेसीज सप्ताह २०२२’ को अवसरमा बिहीबार पुस्तक तथा अन्य शैक्षिक सामाग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको रोहबरमा जेसीज गाउँमा रहेका १४ घरधुरीका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जेसीज गाउँका बालबालिकाको अध्ययनमा सहयोगका Read More…
बुटवल लेडी जेसिजद्वारा बैकिंङ तथा बित्तिय साक्षरता तालिम
बाहुण्डाँगी । बुटवल लेडी जेसीजले बुटवलमा बैकिंङ तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह अन्तर्गत पांचौ दिनमा बैकिंङ तथा बित्तिय साक्षरता कार्यक्रम भएको हो । बुटवल लेडी जेसी बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साईन रेसुंगा डेभलपमेन्ट बैंकका चिफ अपरेटिङ हेड नम्रता थापाले अहिलेको समयमा बित्तिय Read More…
कमलनगरमा शनिवार जेसीजको तालिम हुँदै
बाहुण्डाँगी । नेपाल जेसीज क्षेत्र क तालिम प्रतिष्ठानले साउन २८ गते शनिवार एक दिने संस्कृतिको विकास र वातावरण व्ययवस्थापन सम्बन्धि तालिम आयोजना गर्दैछ । कमलनगर जेसीजको आतिथ्यतामा हुन लागेको तालिममा क्षेत्र क का ४२ वटा शाखा सहकार्य रहेको क्षेत्र क का तालिम आयुक्त राजेश खत्रीले बताउनु भयो । यसै वर्षबाट सुरु भएको क्षेत्रीय तालिम प्रतिष्ठानले Read More…










