खेलकुद

काँकरभिट्टा फुटबल ट्रेनिङ क्लब फाइनलमा प्रवेश

बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा आयोजक क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
विहिवार दिप ज्योति टोलको खेलमैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा ब्रर्दस यनाइटेड चन्द्रगढीलाई ४–२ को गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । जितका लागि काँकरभिट्टाका खमिर गिल्सन कन्दङ्वा र मिलन राईले ४÷२ गोल गरेका थिए । चन्द्रगढीका तर्फबाट हिमाल राजवंशीले २ गोल गरेका थिए ।


पहिलो हाफमा २ गोलको अग्रता लिएको चन्द्रगढीले आफु सम्हालिन नसक्दा फाइनल पुग्ने यात्रामा पूर्ण विराम लागेको थियो । खेलको सुरुवातीदेखि नै आक्रमक शैलिमा उत्रिको चन्द्रगढीले २ गोलको अग्रता सहजै प्राप्त गरेको थियो । तर, दोस्रो हाफमा लयमा फक्रिएको काँकरभिट्टाले चन्द्रगढीको कमजोरीको फाइदा उठाउँदै एकपछि अर्काे गोल गर्न सफल भएको थियो ।

पूर्व राष्टिय खेलाडी कर्ण लिम्बूलाईसहित मैदानमा रहेको चन्द्रगढी र झापा ११ का खमिर गिल्सन कन्दङ्वा र एन्जल गुरुङसहित मैदानमा रहेको काँकरभिट्टाको खेल हेर्न दर्शकको घुँइचो लागेको थियो ।



विर्तामोड यनाइटेडलाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेको चन्द्रगढी र विएफ फुटबल क्लब भरातलाई हराउँदै काँकरभिट्टाले सेमीफाइनलको यात्रा तय गरेका थिए ।
अब २७ गते हुने फाइनल खेलमा शुक्रवार हुने अन्तिम सेमीफाइनल खेल शनिश्चरे फुटबल क्लब र आयोजक टिमबिचको विजेतासँग प्रातिस्पर्धा गर्ने आयोजक समितिका सचिव युवराज प्रधानले बताउनु भयो ।


१८ गतेबाट सुरु भएको प्रतियोगितामा विजेता टिमले ५० हजार टफ्री र प्रमाण पत्र पाउनेछ भने उपविजेता टिमले नगद ३० हजारसहित टफ्री प्रमाण पत्र पाउने सचिव प्रधानले बताउनु भयो ।