झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र–३ का साझा उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र–१ भद्रपुर नगरपालिका– १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन्।
सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा मतदान गरेकी थिइन्।

