काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनले जर्मनीसंग बराबरी खेल्दै अंक बाढेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको हो।

अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । स्पेनका लागि आल्भारो मोराटाले खेलको ६२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ८३औं मिनेटमा निल्कास फुल्करुगले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।
बराबरी खेलेसँगै समूह ई को स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ । यता जर्मनीले दुई खेलबाट एकमा हार र एकमा बराबरी खेल्दै १ अंक जोडेर अघिल्लो चरण प्रवेशको झिनो सम्भावनालाई जीवित राखेको छ ।

