संघ \संस्था

पाँचपोखरी वनको अध्यक्षमा चेतन आचार्य निर्वाचित

बाहुण्डाँगी । पाचपोखरी सामुदायिक वनको अध्यक्षमा चेतन आचार्य निर्वाचित हुनु भएको छ । मंगलवार सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
आचार्यले ३६४ मत प्राप्त गर्नु भएको थियो भने न्यौपानेले १८५ मत मात्र प्राप्त गर्नु भएको थियो । सामाजिक रुपमा क्रियाशिल आचार्य यस अघि अध्यक्षमा उपविजेता बन्नु भएको थियो । सामुदायिक वनको क्षेत्रमा निरन्तर क्रियाशिल रहेर ३ वर्षपछि पुन ः अध्यक्षमा उम्मेदवारी दिँदै निर्वाचित बन्नु भएको हो
आचार्य । उहाँ यस क्षेत्रका हरेक युवाहरु माझ लोकप्रिय युवाका रुपमा परिचित हुनुहुन्छ ।
यसैगरी वनको उपाध्यक्षमा श्याम धिमाल निर्वाचित हुनु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी झोमनाथ दाहाललाई हराउँदै उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । धिमालले ३३१ मत प्राप्त गर्दा दाहालले १७४ मत प्राप्त गर्नु भएको थियो । सचिव पदमा बबिता चौधरी निर्वाचित निर्वाचित हुनु भएको छ । उहाँले शोभा धिमाल र पुष्पमा कार्कीलाई पछि पार्दै सचिवमा जित निकाल्न सफल बन्नु भएको हो । चौधरीले ३२५ मत प्राप्त गर्दा धिमालले ९५ र कार्कीले ८९ मत मात्र प्राप्त गर्नु भएको थियो । सहसचिव पदमा खेम मगर निर्वाचित हुनु भएको छ । सहसचिव पदमा ४ जनाको प्रतिस्पर्धा भएको थियो । जसमा खेम मगरले २०३ मत प्राप्त गर्दै विजेता बन्नु भयो भने उपविजेता बनेका अनु खतिवडाले १२८ मत, दिपक थपलियाले ८९ मत र शशिला पौडेलले ३९ मत प्राप्त गर्नु भएको थियो ।
यसैगरी कोषाध्यक्ष पदमा मन्दिरा दनुवार निर्वाचित हुनु भएको छ । उहाँले प्रतिस्पर्धी रेखा अधिकारीलाई पछि पार्दै कोषाध्यक्षमा निर्वाचित हुनु भएको बुद्ध शान्ति ५ का वडा अध्यक्ष तथा निर्वाचन समितिका सदस्य डेगेन्द्र कार्कीले बताउनु भयो । वडा अध्यक्ष कार्की अनुसार अधिकारीले १७९ मत प्राप्त गर्दा दनुवारले २९५ मत प्राप्त गर्नु भएको थियो ।
वनको निर्वाचनमा जम्म ६११ मत मध्ये ५६४ मत खसेको वडा अध्यक्ष कार्कीले बताउनु भयो । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।