खेलकुद

प्रथम वडाध्यक्ष कप : चियावल्नी क्षेत्र विजयी

झापा। झापाको मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चियावल्नी गाउँ क्षेत्र विजयी भएको छ ।

मंगलबार स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा भएको खेलमा हिमालयन झरना क्षेत्रलाई ४-२ को गोल अन्तरले चियावल्नी गाउँ क्षे त्र विजयी भएको आयोजक वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए । चियावल्नी गाउँ क्षेत्रकाे तर्फबाट शितल लिम्बूले ३ गोल गरेका थिए भने १ गाेल आत्माघाती गाेल भएकाे थियाे। त्यसैगरि हिमालय झरना क्षेत्रतर्फ आशिश लिम्बूले २ गाेल गरेका थिए ।

प्रतियोगिताका उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई विजयी गराउन सफल जिवेता टिमका आशिस लिम्बू म्यान अफ द म्याच घोषित भए । उनलाई धुलाबारी २०२३ जेसिजका सदस्य नारायण ओलीले नगदसहित ट्रफि र मेडल प्रदान गरे ।

वडा खेलकुद विकास समिति मेचीनगर- ९ ले आयोजना गरेको प्रतियोगितामा वडाका विभिन्न ९ वटा टिमकाे सहभागीता रहेकाे छ । फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । बुधबारको खेल खुटीडाँगी क्षेत्र र धुलाबारी बजार क्षेत्र विच दिउसाे ३ बजे हुने वडा खेलकुद विकास समितिका संयोजक राजन खड्काले जानकारी दिए ।