विचार

आखिर अनेरास्ववियु नै किन ?

प्रिय साथिहरु, विधार्थी जिवनलाई व्यवस्थित बनाउँदै जादा हामि कहिले न कहिले कहि न कहि विधार्थी संघ सगठन सँग ठोकिन पुग्छौ । यसरि ठोकिदै गर्दा सबै भन्दा पहिला हाम्रो मनमा आउने पहिलो प्रश्न किन र कुन विधार्थी संगठन ?

प्रिय साथिहरु, सर्वप्रथम त बिभिन्न विचारधारा बोकेका हरेक विधार्थी संगठनको साझा उदेश्य भनेको विधार्थी हरुको हक अधिकार सुरक्षित गर्नु र उनिहरुको समस्यालाई सामधान गर्नु नै हो । यहि उदेश्य बोकेर हिडेका हरेक विधार्थी संगठन लाई बुझ्ने क्रममा म देशको एउटा यस्तो अग्रिणि विधार्थी संगठन सँग ठोकिन पुगे जुन हो ‘अनेरास्ववियु’!

यसको पुरा नाम ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन’ हो । सडक बाघको रुपमा चिनिने अखिललाई देशमा भएको सानो ठुलो महत्वपुर्ण आन्दोलनको नेतृत्वकर्ता तथा परिवर्तनको संमवाहक, आलोचनात्मक चेत भएको, दुरदर्सीता र देशको खम्बाको रुपमा चिनिन्छ जस्ले अन्याय सह्दैन, गर्दैन र सधै न्यायको पक्षमा वकालत गरिरहन्छ । हिजो देशमा १०४ वर्ष चलेको जाहानिय राणाशासन विरुद्द खुलेआम आवाज उठाउन होस या आज शैक्षिक प्रमाणपत्र धितो राखेर ऋिण लिन पाउनु पर्छ भन्ने मुद्दामा सम्म, हिजो देशमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नु पर्छ भन्ने कुरा होस या आज हरेक विधार्थीले यातायात मा ४५% छुट पाउनु पाउनु पर्ने व्यवस्था मिलाउनहोस यो सबै अनेरास्ववियुको विधार्थी आन्दोलनको उपलब्धि हुन ।

विगत देखिनै इमान्दार, पार्दर्शी र वास्तविक विधार्थी हरुको संगठन अनेरास्ववियु निरन्तर, गतिशिल र रचनात्मक विधार्थी आन्दोलनमा हाल सम्म पनि प्रत्यक्ष संलग्न छ । विधार्थीहरुका साना ठुला समस्या समाधान गर्न पछि नहट्ने अनेरास्ववियु सम्पुर्ण विधार्थीहरुको भरोसा जितेर देशको पहिलो अनि ठुलो विधार्थी संगठन को रुपमा ख्याति र विश्वास कमाएको छ । भर्खरै लोकतान्त्रिक विधिबाट आफ्नु २३ औं महादिवेशन सम्पन्न गरि सकेको यो गर्विलो र एतिहासिक संगठनमा म जोडिएको छु आउनुहोस तमाई र म बाट हामि हुदै थप ईतिहास जोड्नको लागि हामि रचनात्मक बनौ, हामि आन्दोलन बनौ, हामि नेतृत्व बनौ आउनुहोस हामि अखिल बनौ । लेखक : आशिष पौडेल अनेरास्ववियुका जिल्ला स्तरिय नेता हुन् ।